प्रधानमन्त्री ओलीनिकट सांसदको सुझाव- प्रधानमन्त्रीज्यू, आँट गर्नुस्, संघीयता खारेज गर्नुस्

A notice in Nepali from Mechinagar Ward No. 10

विघटित प्रतिनिधि सभा सांसदसमेत रहेकी पालले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा प्रदेशहरू नेतालाई जागिर खुवाउने थलो मात्रै भएको उल्लेख गरेकी छन्।

‘सम्माननीय प्रधानमन्त्रीज्यू आँट गर्नुस्, संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसदको सिट १०५, केन्द्रको मन्त्रिमण्डल बढीमा १५, सदस्यीय र भ्रष्टाचारीलाई जेलका कालकोठरीमा सडाउने आँट गर्नुस्। नेपाली जनताको मनमस्तिष्कमा सधैं बस्नु हुनेछ। मेरो व्यक्तिगत विचार,’ पालले फेसबुकमा लेखेकी छन्।

पहिलो पटक २०७२ सालमा ओली प्रधानमन्त्री हुँदा पाल प्रधानमन्त्रीको सल्लाहकार समूहमा थिइन्। सेतोपाटीसँग कुराकानी गर्दै पालले व्यक्तिगत रूपमा आफू संघीयताको विरूद्धमा रहेको बताइन्।

‘यो मेरो व्यक्तिगत विचार हो। नेताहरूलाई जागिर खुवाउने थलोमात्रै भएको छ, प्रदेश। यो हाम्रोजस्तो सानो देशले धान्दैन। धेरै नेता थुपारेर मात्रै हुँदैन,’ उनले भनिन्,’स्थानीय तहलाई धेरै अधिकार दिनुपर्छ। जनताले चाहेको अधिकार तल दिनपर्‍यो भन्ने हो। यो प्रदेशचाहिँ अन्ततोगत्वा खारेज हुन्छ होला। यो मेरो व्यक्तिगत धारणा हो।’

महिला,आदीवासी जनजातिलाई समानुपातिकमा ल्याउनुको साटो उनीहरूका लागि रोटेसनका आधारमा सिट निर्धारण गर्नुपर्ने उनले बताइन्।

प्रतिनिधि सभाको असंवैधानिक विघटन गरेपछि अहिले उनकै पूर्वसहकर्मी र प्रतिपक्षी नेताहरूले प्रधानमन्त्री ओलीले संघीयता नचाहेको आरोप लगाइरहेका छन्।

प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री ओलीले २०७२ सालको संविधान नै असफल बनाउन लागेको आरोप लागेका बेला उनीनिकट नेताले सार्वजनिक रूपमै संघीयता खारेज गर्नुपर्ने सुझाव दिएकी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.