बलिदानबाट प्राप्त उपलब्धि गुम्न दिने छैनौं : प्रचण्ड

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका उपलब्धि गुम्ने खतरा भएको भन्दै बलिदानका लागि तयार हुन आह्वान गरेका छन्। पेरिसडाँडामा आयोजित ‘सहिद स्मृति तथा सम्मान’ कार्यक्रममालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण उपलब्धि गुम्ने खतरा रहेको धारणा राखे।

उनले हजारौं सहिदहरुले रगत बगाएर प्राप्त गरेको संविधान धरासायी पार्ने षडयन्त्र भइरहेकाले एकचोटी संघर्षको मैदानमा उत्रिनुपर्ने संकल्प गर्ने दिन आज भएको बताए। जनताले रगत दिएर प्राप्त गरेको समावेशी लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्म निरपेक्षता जस्ता विषयको रक्षाका निम्ति आफू बलिदानका लागि तयार रहेको प्रचण्डले धारणा राखे।

‘हाम्रै आँखा अगाडि जनयुद्धका योद्धा र लाखौं जनताको पहलबाट प्राप्त उपलब्धि कुल्चिने दुस्प्रयास भएको छ। हामी सहन सक्छौं त ?’उनले प्रश्न गर्दै भने, ‘आज हामीले नयाँ संकल्पन गर्ने अवसर पनि हो। तिनीहरूको बलिदानबाट प्राप्त उपलब्धि गुम्न दिने छैनौं। जरुरी परे हामी जो मर्नबाट बाँचेका छौं, जरुरी परे फेरि बलिदान हुन तयार बनौं।’

उनले शान्ति सम्झौता, हतियार व्यवस्थापन गर्नु आफैंमा ऐतिहासिक र युगान्तकारी कदम भएको स्पष्ट पारेका छन्। प्रचण्डले भने, ‘शान्ति सम्झौतामा गयौं, सेना समायोजन गर्यौ, हतियातार व्ययवस्थापन गर्यौं। ती आफैंमा ऐतिहासिक र युगान्तकारी प्रकृतिका छन्। कतिलाई मन पर्न सक्छ, नपर्न पनि सक्छ। जे कर्म गरेका छौं, त्यो युगान्तकारी छ।’

हरेक वर्ष जनयुद्ध दिवसकै रुपमा मनाउँदै आएको भएपनि ब्यानरमा पेरिस डाडाँमा भएको कार्यक्रमको मूल व्यानरमा जनयुद्ध दिवस नलेखि ‘सहिद स्मृति तथा सम्मान कार्यक्रम’मात्रै लेखिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.