३० फागुन, काठमाडौँ : नेकपा (एमाले) ले समानुपातिक तर्फबाट निर्वाचित हुने सांसदहरूको नाम टुंगो लगाएको छ। आज बसेको पार्टी सचिवालय बैठकले समानुपातिक सांसदको सूची अन्तिम रूप दिएको उपमहासचिव सचिव महेश वस्नेतले जानकारी दिएका छन्।
उनका अनुसार संविधानले व्यवस्था गरेअनुसार विभिन्न क्लस्टर (समूह) का आधारमा प्रतिनिधित्व सुनिश्चित गर्दै सांसद चयन गरिएको हो। एमालेले समानुपातिक प्रणालीबाट १६ सिट जितेको छ।
क्लस्टर अनुसार चयन भएका सांसद :
जनजाति (४ जना)
महिला :
भूमिका सुब्बा
गंगादेवी श्रेष्ठ
पुरुष :
रामबहादुर थापा मगर
कुलभक्त शाक्य
खस–आर्य (५ जना)
महिला :
पद्मा अर्याल
टुकाभद्रा हमाल
एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)
पुरुष :
गुरु प्रसाद बराल
पुष्पराज कंडेल
थारु (१ जना)
कृपाराम राणा (पुरुष)
दलित (२ जना)
महिला :
विष्णुमाया वी.के.
नीता घटानी
मधेसी (३ जना)
महिला :
रिङ्ला यादव
यशोधा कुमारी यादव
पुरुष :
चन्द्रेश्वर मण्डल
मुस्लिम (१ जना)
महिला :
साजिदा सिद्दीकी
एमालेले समानुपातिक प्रणालीमार्फत विभिन्न समुदाय, क्षेत्र र वर्गको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ उक्त सूची तयार गरेको जनाएको छ।

























