२०७४ सालमा एमालेले जितेका स्थानीय तहमा हाम्राे हक लाग्छ : माधव नेपाल

A notice in Nepali from Mechinagar Ward No. 10

३ वैशाख, काठमाडौँ : सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको स्थानीय तहमा आफ्नो पार्टीले उम्मेदवार पाउनुपर्ने दाबी गरेका छन्।

स्थानीय तह निर्वाचनमा टिकट बाँडफाँडको विषयलाई लिएर सत्तारुढ पाँच दलीय गठबन्धनबीच छलफल भइरहेका बेला अध्यक्ष नेपालले भने एमालेले २०७४ सालमा जितेका स्थानमा आफ्नो पार्टीको हक लाग्ने बताएका हुन्।

उनले एमालेले जितेको ठाउँमा जित्नु छ भने आफ्नो पार्टीले मात्रै जित्न सक्ने भन्दै टिकट बाँडफाँडको यो बेलामा त्यो कुराको ख्याल गर्न पनि गठबन्धनमा आवद्ध अन्य दलहरूलाई आग्रह गरेका छन्।

पार्टीको सम्पर्क विशेष प्रदेश कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेपालले आफ्नो पार्टीले स्थानीय तह निर्वाचनमा यत्तिकै टिकटको दावी नगरेको पनि बताए।

एमालेसँग प्रभाव भएका मान्छेहरु आफ्नो पार्टीसँग नजिक भएकाले जीत हाँसिल गर्न आफ्नो पार्टीलाई सहज हुने उनको तर्क छ।

अध्यक्ष नेपालले गठबन्धनबीच उम्मेदवारी दिने विषयमा कुनै ठाउँमा सहमति भएन भने सहमत हुने दलसँग गठबन्धन गरेर चुनावी प्रतिस्पर्धा गर्न पाउने पनि बताए।

नेपालले चुनावी तालमेल गर्दा तल तलका कार्यकर्ताहरूको कुरा सुनेर गर्न नहुनेतर्फ पनि गठबन्धनमा आवद्ध अन्य दलहरूको ध्यानाकर्षण गराए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.