राष्ट्रपतिद्वारा मदन भण्डारी विश्वविद्यालय विधेयक प्रमाणीकरण

A notice in Nepali from Mechinagar Ward No. 10

१८ साउन, काठमाडौँ :राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि सो विधेयक राष्ट्रपति कार्यालयसमक्ष पेश गरिएको थियो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधार २ बमोजिम विधेयक प्रमाणीकरण गर्नुभएको हो ।

विधेयक प्रमाणीकरणसँगै मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको बाटो खुलेको छ ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले प्राविधिक विषय पढाइ हुने गरी छुट्टै विश्वविद्यालय सञ्चालन गर्न मदन भण्डारी विश्वविद्यालयसम्बन्धी विधेयक ल्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.