समग्र राष्ट्रहितको सुनिश्चितता नभएसम्म संसद बैठक चल्दैन : ओली, बैठक भोलिसम्मका लागि स्थगित

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं । प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछिको ज्ञोरेन्टीपछि मात्र संसद्को अवरोध हट्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता ओलीले तत्कालै संसद अवरोध नहट्ने बताएका हुन् । एमालेसहित विपक्षी दलहरूले नागरिकता विधेयक प्रमाणीकरण, प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा दिएका अभिव्यक्ति राष्ट्रहितविपरित भएको आरोप लगाउँदै संघीय संसदको बैठक अवरोध गरेका छन् ।

‘राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा, नेपालको समग्र हितको रक्षापछि संसद् अवरुद्ध हट्छ,’ ओलीले भने ।

भारत भ्रमणका क्रममा बंगलादेशको फूलबारी बन्दरगाहसम्म पुग्ने बाटोसँग लिम्पियाधुरा–लिपुलेकसहितको नेपाली भूभाग साटफेर गर्न सकिने भनेर अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री प्रचण्डसँग जवाफ मागेको छ। प्रधानमन्त्रीले माफी नमागेसम्म सदनको कामकारबाही अघि बढ्न नदिने चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.