२८ मंसिर, काठमाडौं: नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत मतगणज जारी रहेक्क छ ।
अहिलेसम्मको परिणाम अनुसार शेरबहादुर देउवाले अग्रता कायम गरेका छन् ।
उनले अग्रता लिएको भएपनी मत ५० प्रतिशतभन्दा कम रहेको छ ।
१५०० मत गणना हुंदा शेर बहादुर देउवाले ७२१ मत ल्याएका छन । यस्तै शेखर कोइरालाले ५६२ मत पाएका छन्।
कांग्रेस सभापतिमा निर्वाचित हुन कुल खसेकोमध्ये ५१ प्रतिशत मत आवश्यक पर्छ। यो प्रतिस्पर्धा कायमै रहे पहिलो चरणमा सभापति पदमा कसैको ५१ प्रतिशत नपुग्न सक्छ।
कोइरालासहितका सभापतिका अन्य चार उम्मेदवारको मत जोड्दा देउवा पछाडि छन्। यो मतपरिणाम कायम रहे देउवाले सभापतिमा ५१ प्रतिशत पुर्याउन गाह्रो छ।
त्यसो हुँदा दोस्रो चरणमा मतदान गर्नुपर्ने हुन्छ। पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवार दोस्रो चरणमा भिड्छन्। कम ल्याउने उम्मेदवारले जसलाई सहयोग गर्छन् उही सभापति निर्वाचित हुने छ।
























