न बने सांसद, न रह्यो पद

A notice in Nepali from Mechinagar Ward No. 10

२५ फागुन, मेचीनगर :  २०७९ सालमा सम्पन्न प्रदेश सभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नं. ४ (२) बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट कोशी प्रदेश सभा सदस्य बनेका भक्तिप्रसाद सिटौलाका लागि फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ सम्झन ‘लायक’बनेको छ ।
नेपाल कम्यूनिष्ट पार्टी ‐एमाले) संगको गठबन्धनअन्तर्गत नेपाली काँग्रेसका एकराज उप्रेतीलाई तीन हजार नौ सय ७४ मतान्तरले पराजित गर्दै सिटौला पहिलो पटक प्रदेशसभामा निर्वाचित भएका थिए । सिटौलाले १९ हजार ४५ मत प्राप्त गरेर विजयी बन्दा पराजित उप्रेतीले १५ हजार ७१ मतमा चित्त बुझाउँन बाध्य भए । तर, प्रदेश सभा सदस्यबाट राजीनामा दिएर पार्टीका तर्फबाट फागुन २१ मा सम्पन्न निर्वाचनमा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बनेका थिए, सिटौला ।
कोशी प्रदेश सभा सदस्य पदबाट राजीनमा दिएर चुनाव लडेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बौद्धिक नेताका रुपमा परिचित सिटौला यो निर्वाचनमा पराजित त बने नै यो निर्वाचनमा उनको जमानत समेत जफत भएको छ । चुनाव जित्ने आशामा कोशी प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएर झापाको निर्वाचन क्षेत्र नम्बर ४ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट उम्मेद्वार बनेका सिटौला निर्वाचनमा पराजित बनेपछि उनको कोशी प्रदेश सभा सदस्यको पद नै बच्यो न त संघीय संसद छिर्ने धोको नै पुरा भयो । झापा क्षेत्र नम्बर ४ मा ४३ हजार ६ सय ३१ मत ल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शम्भुप्रसाद ढकाल ‐शम्भु सुस्केरा) निर्वाचित हुँदा सिटौला दुई हजार ८० मत ल्याउँदै पाँचौँ स्थानमा सीमित भए ।
सो क्षेत्रबाट नेपाल कम्यूनिष्ट पार्टी ‐एमाले)का लालप्रसाद साँवा लिम्बुले ११ हजार ९ सय ८६, नेपाली काँग्रेसका देउकुमार थेबले ९ हजार ४ सय ३४ र श्रम संस्कृति पार्टीका अमृतादेवी राईले ७ हजार १ सय ६१ मत ल्याएका छन् ।
उता इलामको सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईको लागि पनि यो निर्वाचन रोचन बन्यो । निर्वाचनमा उनले उम्मेदवार बन्नका लागि नगर प्रमुखको पदबाट राजिनामा दिएर उपप्रमुख दुर्गाकुमार बराललाई कार्यबाहक नगर प्रमुखको थप जिम्मेवारी दिएर नेपाली कम्यूनिष्ट पार्टीका तर्फबाट इलाम जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लडेका थिए । रणबहादुर यो समाचार तयार पारुञ्जेलसम्म पाँचौ स्थानमा छन् ।

२०७९ को स्थानीय तहको निर्वाचनमा सूर्योदय नगरपालिका नगर प्रमुखमा नेकपा एकीकृत समाजवादीका तर्फबाट नेपाल कमयूनिष्ट पार्टी ‐एमाले)का काजीमान कागतेलाई एक हजार आठ ५२ मतान्तरले हराउँदै राई नगरप्रमुख निर्वाचित भएका थिए । राईले १२ हजार चार सय ३१ मत पाए । कागतेले १० हजार पाँच सय ७९ मत पाए । राई २०७९ सालमा इलामको सूर्योदय नगरप्रमुखमा दोहोरिए थिए । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनको जारी मत गणनामा हालसम्म उनले पाँच हजार दुईसय ४५ मात्र मत प्राप्त गरेका छन् । उनीसँगै स्थानीय तहको निर्वाचनमा पराजित बनेका एमालेका कागते नौ हजार नौ सय ९८ मतका साथ तेस्रो स्थानमा छन् । नेपाली काँग्रेसका निश्कल राई १० हजार आठ सय ४९ मतका साथ पहिलो, श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ्ग लिम्बु १० हजार छ सय ५१ मतका साथ दोस्रो तथा राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदाल छ हजार सात सय ५८ मतका साथ चौथो स्थानमा रहेका छन् ।

बगडिया
मोरङ क्षेत्र नम्बर २ मा नेपाल कम्यूनिष्ट पार्टी ‐एमाले)का तर्फबाट उम्मेदवार बनेका दिलीप बगडियाको समेत यो निर्वाचनबाट पद गुमेको छ । रंगेली नगरपालिकामा दुई कार्यकाल नगर प्रमुखकोे जिम्मेवारी सम्हालिसकेका बगडियाले आफ्नो कार्यकाल सकिन केही बर्ष बाँकी रहदाँ नगर प्रमुखको पदबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्यमा उम्मेद्वारी दिएका थिए । निर्वाचनमा पराजित भएपछि उनको न पद बच्यो न त संघीय संसद्को यात्रा नै पुरा भयो । क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्णकुमार कार्कीले ४० हजार ९२४ मत प्राप्त गर्दै जित निकाले भने,निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का दिलीप बगडियाले १५ हजार छ सय २४ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर २५ हजार तीन सय छ । मोरङमा रास्वपाको ‘क्लिन स्वीप’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.