नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तनको माग, सभापति देउवासहित सबै केन्द्रीय सदस्यले राजीनामा दिनुपर्ने

A notice in Nepali from Mechinagar Ward No. 10

‘जेन-जी’ आन्दोलनपछि नेपाली राजनीतिमा आएको फेरबदलको असर प्रमुख राजनीतिक दलहरूमा पनि देखिन थालेको छ। सोही क्रममा नेपाली कांग्रेसका युवा नेताहरूको एक भेलाले पार्टी सभापति शेरबहादुर देउवासहित सम्पूर्ण पदाधिकारी र केन्द्रीय समिति सदस्यहरूको सामूहिक राजीनामा माग गरेको छ।

नेता रञ्जित कर्णको संयोजकत्वमा भएको भेलाले वर्तमान केन्द्रीय कमिटी विघटन गरी वैचारिक रूपमा योग्य र दूरदर्शी व्यक्तिलाई सभापति बनाएर नयाँ तदर्थ समिति गठन गर्नुपर्ने निष्कर्ष निकालेको छ। भेलाले आन्दोलनकारी युवामाथि भएको हिंसाको निन्दा गर्दै यसमा संलग्न दोषीमाथि कारबाहीको माग पनि गरेको छ।

कांग्रेसले गर्नुपर्ने प्रमुख सुधारका कार्यहरू
भेलाले पार्टीको आन्तरिक सुधार र रूपान्तरणका लागि ८ बुँदे प्रमुख निष्कर्ष सार्वजनिक गरेको छ, जसको विस्तृत विवरण निम्नानुसार छ:

१. नेतृत्वमा नयाँ सोच:

  • वर्तमान पार्टी सभापति, पदाधिकारी र सबै केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामा दिनुपर्ने।
  • पार्टी विधानअनुसार समयमै महाधिवेशन सुनिश्चित गर्नका लागि वैचारिक रूपमा योग्य, इमानदार र दूरदर्शी व्यक्तिलाई तदर्थ समितिको सभापति बनाउनुपर्ने।
  • पार्टीले आत्मालोचना गर्दै जनताको घरदैलोमा गएर विश्वास दिलाउनुपर्ने।

२. युवाको सहभागिता:

  • पार्टीको केन्द्रीय समितिमा ४० वर्ष मुनिका युवायुवतीहरूको कम्तीमा ५१ प्रतिशत सहभागिता सुनिश्चित गर्नुपर्ने।

३. भ्रष्टाचार नियन्त्रण:

  • पार्टीभित्रै भ्रष्टाचार निवारण आयोग गठन गर्ने।
  • २०४६ सालयताका उच्च पदस्थ नेता र कर्मचारीहरूको भ्रष्टाचार छानबिन गरी राज्यको अधीनमा ल्याउन सरकारी निकायसँग सहकार्य गर्ने।

४. सदस्यता प्रणालीमा पारदर्शिता:

  • सक्रिय सदस्यता वितरणका लागि स्वतन्त्र र निष्पक्ष समिति गठन गर्नुपर्ने।
  • पार्टीको सबै तहका अधिवेशनलाई डिजिटल प्रणालीमार्फत पारदर्शी बनाउने।

५. उम्मेदवारी सम्बन्धी व्यवस्था:

  • स्थानीय र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरूलाई क्रियाशील सदस्यहरूबाट छनोट गर्ने व्यवस्था लागू गर्ने।
  • एकपटक चुनावमा पराजित भएका व्यक्तिलाई सोही पदमा पुनः उम्मेदवार हुन नदिने व्यवस्था मिलाउने।

६. शक्ति विकेन्द्रीकरण र एक व्यक्ति एक पद:

  • पार्टी सभापतिको एकल अधिकारलाई विकेन्द्रीकरण गरी निर्णय प्रक्रियामा सामूहिक नेतृत्वको अभ्यास गर्ने।
  • एउटै व्यक्तिले पार्टी सभापति र संसदीय दलको नेता दुवै पद धारण गर्न नपाउने व्यवस्था गर्ने।

७. भातृ-संस्थाको समय सीमा:

  • निश्चित समयसीमाभित्र भातृ-संस्थाहरूको अधिवेशन सम्पन्न गर्नु अनिवार्य बनाउने र पार्टीले अनावश्यक हस्तक्षेप नगर्ने।

८. राजनीतिक नियुक्तिमा सुधार:

  • राजनीतिक नियुक्तिलाई न्यूनतम बनाउँदै कर्मचारीतन्त्रलाई स्वतन्त्र र व्यावसायिक बनाउनुपर्ने।
  • राजनीतिक नियुक्तिका लागि विज्ञहरूलाई प्राथमिकता दिँदै दीर्घकालीन विकास अवधारणा र योजनाहरू बनाउनुपर्ने।

यस भेलाले जेन-जी आन्दोलनको क्रममा नेपाली कांग्रेसका नेताहरूको घर र पार्टी कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाटका घटनाको पनि निन्दा गर्दै संलग्न दोषीलाई कारबाहीको माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.