काठमाडौं, वैशाख २२ । खेलको ६८ औं मिनेटमा धनगढी एफसीका दर्शन गुरुङले गरेको सुन्दर गोल नै निर्णायक साबित भएपछि जारी नेपाल सुपर लिग(एनएसएल)मा धनगढी एफसी शीर्ष स्थान उक्लेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा धनगढी एफसीले पोखरा थन्डरलाई १-० गोल अन्तरले पराजित गरेको थियो । यस जीतको साथ धनगढी एफसीले प्ले अफमा आफ्नो स्थान पक्का गरेको छ ।
आजको खेलमा उत्कृष्ट खेल खेले बापत धनगढी एफसीका अशोक खवासले नगद १० हजार प्राप्त गर्दै “इमरजिङ प्लेयर अफ दि म्याच “घोषित भए । त्यसैगरी धनगढीकै किरण चेम्जोङले नगद २५ हजार प्राप्त गर्दै”सुपर प्लेयर अफ दि म्याच ” घोषित भए ।
जारी लिगमा ५ खेलबाट ३ जीत निकाल्दै धनगढी १० अंकका साथ शीर्ष स्थानमा छ भने पोखरा ५ खेलबाट १ जित,२ बराबरी र २ हार व्यहोर्दै ५ अंकसाथ पाँचौ स्थानमा रहेको छ ।
भोलिको पहिलो खेल ललितपुर एफसी र बुटवल लुम्बिनी एफसीबीच दिउँसो २:३० बजे र दोस्रो खेल काठमाडौँ रेजर्स् र विराटनगर सिटी एफसी बीच अपरान्ह ५:३० बजे काठमाडौँ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

























