फ्लाइट डिले भएपछि नेपाली महिला क्रिकेट टिम १२ घण्टा विमानस्थालमै बस्नुपर्ने

A notice in Nepali from Mechinagar Ward No. 10

२४ भदौं, काठमाडौँ : टि–२० महिला विश्वकपको एसिया क्षेत्र छनोट खेलेर नेपाली टिम मलेसियाबाट आज साझँ काठमाडौं फकर्न तालिका थियो। तर, नेपाल फर्कन लागेको नेपाली महिला क्रिकेट टिम प्राविधिक कारणाले १२ घण्टाबढी मलेसियन विमानस्थालमै बस्नु पर्ने भएकाे छ।

मलेसियन समय अनुसार नेपाली टिम बेलुकी ६ बजेको हिमालय एयरलाइन्सबाट नेपाल फर्कने तालिका थियो। सोही अनुसार नेपाली टिम होटलबाट समयमै विमानस्थल पुगेको थियो।

हिमालयन एयरलाइन्सले प्राविधिक कारण देखाउँदै फ्लाइट ९ घन्डा डिले गरेपछि नेपाली टिम विमानस्थालमा दुःख पाएका हुन्। मलेसियान समय अनुसार नेपाली टिमको फ्लाइट अब बिहान ३ बजे हुने छ।

नेपाली टिममले विमान स्थालमा झण्डै १२–१३ घण्टा त्यही बिताउनु पर्ने भएको छ।

क्यालने खेलाडीलाई विमानस्थलमा नै बस्न र खानाको व्यवस्था मिलाएको जनाएकाे छ। ‘हामीले कुरा गरिरहेका छौं, हाम्रो कमजोरीका कारण यो समस्या आएको होइन। त्यहाँ एयरलाइन्सको प्राविधिक गडबढीले समस्या ल्याएको हो,’ क्यान स्राेतले भन्याे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.