चन्द्रगढी महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

A notice in Nepali from Mechinagar Ward No. 10

भद्रपुर, बैशाख १४ । झापाको भद्रपुरमा आयोजित ओम साई पथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको उपाधि सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले हात पारेको छ।
आज भद्रपुरको मेची रङ्गशालामा सम्पन्न भएको खेलमा विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै सशस्त्रले उपाधि हात पारेको हो ।उपाधिसँगै एपिएफले नगद ११ लाख, मेडल, ट्रफी तथा प्रमाणपत्र पाएको छ । आर्मीले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

सशस्त्रलाई उपाधि दिलाउन एक मात्र गोल रश्मिकुमारी घिसिङले गरिन् । खेलको ७२ औँ मिनेटमा कप्तान अनिता बस्नेतले डिबक्समा मिलाइदिएको पासलाई अनमार्क रहेकी घिसिङले हेडमार्फत सुन्दर गोल गरिन् ।खेलको अधिकांश समय बल पोजिसन राखेको एपिएफले निर्धारित ९० मिनेटमा गोल गर्ने थुप्रै अवसर बनाए पनि थप स्कोर भने निकाल्न सकेन । एपिएफका डिफेन्ससामु आर्मीका स्ट्राइकर चल्न नसक्दा उपविजेतामा सीमित रहेको छ ।
खेलको प्लेयर अफ द म्याच विजेता टिम एपिएफकी सरु लिम्बु भइन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन् ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी विजेता टिम एपिएफकी रेनुका नगरकोटी भइन् । उनले नगद एक लाख एक हजार रुपैयाँ पुरस्कार पाइन् । उत्कृष्ट गोलकिपर एपिएफकी अञ्जना राना मगर, डिफेन्डर गीता राना एपिएफ, मिडफिल्डर दिपा शाही आर्मी, उच्च गोलकर्ता रश्मिकुमारी घिसिङ एपिएफ, राइजिङ प्लेयर सबनम राई आयोजक चन्द्रगढी युथ क्लब भए । उनीहरुले जनही नगद २५ हजार रुपैयाँ पुरस्कार पाए ।

बैशाख ५ गतेदेखि सुरु भएको प्रतियोगितामा त्रिभुवन आर्मी फुबटल क्लब, आरएस पोखरा फुटबल क्लब, भुटानको थिम्पु सिटी क्लब, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस फुटबल क्लब, आयोजक चन्द्रगढी युवा क्लब, भारतको रानी लक्ष्मीबाई स्पोर्टस एकेडेमी, सशस्त्र प्रहरीको एपिएफ क्लब, संकटा फुटबल क्लब र ओखलढुंगाको पदमा स्पोर्टस् क्लबको सहभागिता रहेको थियो ।
विजेता तथा उपविजेतालाई प्रमुख अतिथि मुख्य प्रायोजक ओम साई पाथिभरा हस्पिटलका अध्यक्ष दिपककुमार पोखरेल, भद्रपुर नगरप्रमुख गणेश पोखरेल, अर्जुनधारा नगरप्रमुख बलदेव गोम्देन, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, आयोजक चन्द्रगढी युथ क्लबका अध्यक्ष रोहित सुब्बालगायतले पुरस्कार वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.