फिलिपिन्समाथि जीतसँगै नेपालको लगातार दोस्रो जीत

A notice in Nepali from Mechinagar Ward No. 10

७ फागुन, काठमाडौँ : टी-२० विश्वकपको ग्लोबल छनोटमा नेपालले लागतार दोस्रो जित निकालेको छ।

ओमानमा जारी ग्लोबल छनोटको दोस्रो खेलमा नेपालले फिलिपिन्समाथि १३६ रनको विशाल अन्तरको जित निकाल्यो। पहिला ब्याटिङ गर्दै नेपालले दिएको २१९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित ओभरका ८ विकेटको क्षतिमा ८२ रन मात्र बनाउन सक्यो।

उसका लागि जोर्डन इल्गराले सर्वाधिक २७ रन बनाउँदा ड्यानियल स्मिथले २० र कप्तान जोनाथन हिलले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंका स्कोर बनाउन सकेनन्। नेपालका लागि कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए।

यस्तै, गुल्सन झा, अविनाश बोहरा, जितेन्द्र मुखिया, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए। यसअघि पहिला ब्याटिङ गरेको नेपालले कुशल भुर्तेलको सानदार शतक मद्दतमा २१८ रनको विशाल योगफल बनाएको थियो।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै २१८ रन बनाएको हो। यो क्रममा ओपनर कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गरे। कुशलले ६१ बल खेल्दै १३ चौका १ छक्का प्रहार गर्दै नटआउट १०४ रन बनाए।

योसँगै उनी टी-२० अन्तर्राष्ट्रियमा शतक बनाउने तेस्रो नेपाली खेलाडी बनेका छन्  यसअघि पूर्वकप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका थिए।

कुशलले नेपालबाट टी-२० अन्तर्राष्ट्रियमा ५० भन्दा माथिको स्कोर पाँचपटक बनाउने पूर्वकप्तान पारस खड्काको कीर्तिमान पनि बराबरी गरेका छन्। कुशलले यसअघि चार अर्धशतक प्रहार गरिसकेका छन्।

यस्तै, दीपेन्द्रसिंह ऐरीले ८३ रनको उत्कृष्ट इनिङ खेले । उनले ४७ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। कुशल र दीपेन्द्रले तेस्रो विकेटका लागि १७१ रनको उत्कृष्ट साझेदारी गरेका थिए। ओमानका ड्यानियल स्मिथ, मिकी पोडोस्की र गुर्भुपिन्दर चौहानले समान १ विकेट लिए।

काठमाडौँप्रेसबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.