ताइपेईलाई हराएको नेपालको एसियन कपको तेस्रो चरण पुग्ने सम्भावना बढ्यो

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर,जेठ २१ । फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरण खेलमा नेपालले दोस्रो जित हात पारेको छ।

बिहीबार कुवेत सिटीमा बिहीबार भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २-० गोलले पराजित गरेको हो। नेपालको जितमा अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे। 

खेलको तेस्रो मिनेटमा अन्जनले पेनाल्टीमार्फत गोल गरेका थिए। सन्तोष तामाङको फ्रिकिकमा ताइपेईका खेलाडीले ह्यान्ड गरेपछि नेपालले फ्रिकिक पाएको थियो। 

नेपालका लागि दोस्रो गोल नवयुगले गरे। वैकल्पिक खेलाडी नवयुगले सुमन अर्यालले दिएको पासमा ८१ मिनेटमा गोल गरेका थिए।

नवयुग ६९ मिनेटमा सुनील बलको स्थानमा मैदान छिरेका थिए।

समूह ‘बी’ मा रहेको नेपालले दोस्रो जित हात पारेको हो। यसअघि नेपालले ताइपेईलाई नै २-० गोलले पराजित गरेको थियो। 

अब नेपालले छनोटमा जोर्डनसँग जेठ २४ गते र अस्ट्रेलियासँग जेठ २८ गते खेल्नेछ। 

शीर्ष स्थानको अस्ट्रेलियाको ४ खेलबाट १२ अंक छ। दोस्रो स्थानको कुवेत र तेस्रो स्थानको जोर्डनले समान १०-१० जोडेका छन्।

जितसँगै नेपालको समूहमा चौथो भएर एसियन कपको तेस्रो चरणमा सिधै पुग्ने सम्भावना बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.