साफ यू-२०: आज नेपाल र भारत भिड्दै

A notice in Nepali from Mechinagar Ward No. 10

१५ साउन, काठमाडौँ : भारतमा जारी साफ यू–२० च्याम्पियनसिपमा नेपालले आज घरेलु टोली भारतसँग खेल्दै छ । भारतको भुबनेश्वरमा हुने नेपाल भारतको खेल कालिंगा स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुने जनाइएको छ ।

दुई खेल जितेको नेपालले तेस्रो जितका लागि भारतसँग खेल्न लागेको हो ।नेपालले यसअघि मालदिभ्सलाई ४–० र श्रीलङ्कालाई ३–० ले पराजित गरेको थियो ।

पहिलो खेलमा बङ्गलादेशसँग २–१ ले पराजित भएको भारतले दोस्रो खेलमा श्रीलङ्कालाई ४–० ले पराजित गरेको थियो ।
फाइनल पुग्नका लागि नेपाल र भारत दुवैलाई यस खेल महत्त्वपूर्ण छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.