मिन बस्नेत बने भुटानको शीर्ष लिगमा पहिलो नेपाली गोलकिपिङ कोच

A notice in Nepali from Mechinagar Ward No. 10

नेपाली फुटबलमा आफूलाई परिचित बनाइसकेका अनुभवी प्रशिक्षक मिन बस्नेतले पनि भुटानको शीर्ष फुटबल भुटान प्रिमियर लिगमा नयाँ भूमिका पाएका छन् ।

हाल भुटानको शीर्ष लिग खेलिरहेको फुङ्सोलिङ हिरोज फुटबल क्लबले बस्नेतलाई आफ्नो गोलकिपिङ प्रशिक्षकका रुपमा नियुक्त गरेको छ । यो अनुवन्धसँगै बस्नेत भुटान प्रिमियर लिगमा गोलकिपिङ प्रशिक्षकको जिम्मेवारी पाउने पहिलो नेपाली प्रशिक्षक समेत बनेका छन् ।

स्मरण रहोस, फुङ्सोलिङ हिरोजको मुख्य प्रशिक्षकमा नेपाल कै अनुभवी तथा युवा प्रशिक्षक सुमन श्रेष्ठ रहेका छन् । फुङ्सोलिङ हिरोजले नेपाली फुटबलमा अहिले चल्तीका खेलाडी मध्ये एक आशिष चापागाईंलाई पनि अनुवन्ध गरेको छ ।

मिन बस्नेतले यसअघि हिमालयन शेर्पामा रहेर ए डिभिजन लिग तथा धनगढी एफसीमा आवद्ध भएर नेपाल सुपर लिगमा पनि कोलकिपिङ प्रशिक्षकको जिम्मेवारी कुशलताका साथ निर्वाह गरिसकेका छन् ।
गोल नेपाल डटकमबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.