अक्सिजन अभाव हुँदा भर्ना भएका संक्रमितको उपचारमा समस्या

A notice in Nepali from Mechinagar Ward No. 10

१२ जेठ, झापा । अक्सिजन अभाव भएपछि विराटनगरको नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले कोरोनाका नयाँ बिरामीको भर्ना लिन बन्द गरेको छ । अहिले त्यस अस्पतालमा कोभिड १९ का १ सय ७५ जना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ । स्रोतका अनुसार ती संक्रमितको लागि एक रातमा १ सय ८० सिलिण्डर चाहिन्छ । अस्पतालले भने विभिन्न पाँच वटा उद्योगबाट एक सय सिलिण्डर संलकन गरे अझै ८० सिलिण्डर कम छ । अक्सिजन सप्लाई गर्दै आएका उद्योगको उत्पादन रोकिएपछि बुधबारबाट अक्सिजन अभाव भएको छ ।
अक्सिजन अभाव हुँदा भर्ना भएका संक्रमितको उपचारमा समस्या भएपछि नयाँ भर्ना रोकिएको हो । नोबेल मेडिकल कलेजलाई सुनसरीको खनारमा रहेको पाथीभरा र मोरङको बूढीगंगामा रहेको हिमाल अक्सिजन उद्योगले आपूर्ति गर्दै आएको थियो । मंगलबारबाट दुवै उद्योगको उत्पादनमा समस्या थियो । बुधबार हिमाल अक्सिजनले मर्मत गरी उत्पादन सुरु गरेको छ भने पाथिभराको मेसिन मर्मत भइसकेको नसकेको बताएको छ । अक्सिजन अभाव हुँदा भर्ना भएका संक्रमितको उपचारमा समस्या भएपछि नयाँ भर्ना रोकिएको हो ।
उता , विराट मेडिकल कलेज शिक्षण अस्पतालमा १ सय ४८ जना कोरोना संक्रमित उपचाररत छन् । ती संक्रमितका लागि दैनिक तीन सय सिलिण्डर अक्सिजन चाहिन्छ । उत्पादन रोकिए त्यहाँ पनि अक्सिजनको समस्या भएको छ मोरङमा मारुती र हिमाल अक्सिजन उद्योग सञ्चालनमा छन् । सुनसरीमा विनायक, पाथीभरा र दुर्गा उद्योगले अक्सिजन उत्पादन गरिरहेका छन् । ती उद्योगले प्रदेश १ का साथै अन्य प्रदेशमा पनि अक्सिजन आपूर्ति गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.