बर्षको मनसुन छिट्टै भित्रने, धेरै पानी पर्ने:- मौसमविद्

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर,जेठ १८ । मौसमविद्ले यसपालि समयमा नै मनसुन भित्रिने बताएका छन् । सामान्यतया जुन १० तारिखमा नेपालमा मनसुन भित्रने गर्दछ ।

यसपालि जुन १० तारिखकै आसपासमा मनसुन भित्रिने अनुमान रहेको मौसमविद् समिर श्रेष्ठको भनाई छ । मौसमविद्ले यसपालिको मनसुनमा धेरै पानी पर्ने अनुमान गरेका छन् ।

मंगलबार प्रदेश–१ र २ तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा बिहानैदेखि पानी परिरहेको मौसमविद्ले बताएका छन् । भारतको बिहार र पश्चिम बङ्गालमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावसँगै पश्चिमी वायु र प्रि–मनसुनको गतिविधिका कारण यी तीन प्रदेशमा बिहानैदेखि पानी परिरहेको मौसमविद् श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.