१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

बम विस्फोट गराएको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

सेयर:

काँकरभिट्टा, १ पुस । उदयपुरको धाप्लाङटारमा रहेको कञ्चनजङ्घा गोल्डेन गुड क्रसर उद्योगमा बम विस्फोट गराएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ परेका ती युवा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको एक कार्यकर्ता भएको प्रहरीको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालका अनुसार ३२ वर्षीय पवन राईलाई प्रहरीले पक्राउ गरेको हो । उनी पूर्व माओवादी लडाकु पनि हुन् ।

सोमबार राति उद्योगका सुरक्षा गार्ड कर्णबहादुर तामाङलाई नियन्त्रणमा लिई बम विस्फोट गराएको दाहालको भनाई छ । क्रसर उद्योगमा उनले सुतली बम विस्फोट गराएका थिए ।

बम विस्फोटबाट क्रसर उद्योगको जेसिभी, मोटर सहित पेट्रोलको ड्रममा क्षति हुँदा १ लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुर, इलाका प्रहरी कार्यालय बेल्टार र सशस्त्र प्रहरी बेसक्याम्प बेल्टारको टोलीले स्थानीय क्षेत्र र जङ्गल आसपास बम विस्फोट गराउनेको तीव्र खोजी गर्ने क्रम अहिले पनि जारी राखेको प्रहरीले जनाएको छ ।

( फोटो : कपुरी ज्यूज )

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।