१३ मंसिर २०८३ ☀️ २५°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजका लागि नेपाली टोली घोषणा

सेयर:

वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। आगामी टी-२० विश्वकप छनोटको तयारीका लागि नेपाली टोलीले दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग तीन खेलको सिरिज खेल्न लागेको हो।

टोलीमा अनुभवी र युवा खेलाडी दुवैलाई समेटिएको छ। दिपेन्द्र सिंह ऐरी उप-कप्तानको भूमिकामा छन् भने विकेटकिपरको जिम्मेवारी आसिफ शेखले सम्हाल्नेछन्।

टोलीमा रहेका अन्य खेलाडीहरू:

  • ब्याट्सम्यान: कुशल भुर्तेल, सन्दीप जोरा, लोकेश बम, आरिफ शेख।
  • अलराउण्डर: कुशल मल्ल, एमडी आदिल आलम, गुलशन झा।
  • बलर: सन्दीप लामिछाने, करण केसी, ललित एन. राजबंशी, नन्दन यादव, सोमपाल कामी, शाहब आलम।

यी खेलहरू आगामी सेप्टेम्बर २७, २९ र ३० गते शारजाह क्रिकेट स्टेडियममा आयोजना हुनेछन्। यस सिरिजबाट नेपाली टोलीले ओमानमा हुने टी-२० विश्वकप छनोटका लागि आफ्नो प्रदर्शनलाई सुधार्ने अवसर पाउने अपेक्षा गरिएको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।