१२ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

नेपाल स्काउटको ५९९ औं आधारभूत तालिम खोटाङमा सम्पन्न, २६ शिक्षक स्काउटरको रुपमा दीक्षित

सेयर:

१७ जेठ, खोटाङ: नेपाल स्काउटको ५९९ औं आधारभूत तालिम खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० स्थित सरस्वती माध्यमिक विद्यालयमा सफलता पूर्वक सम्पन्न भएको छ। जेठ १२ देखि १७ गतेसम्म ५ रात ६ दिन सञ्चालित तालिमबाट २६ जना शिक्षकहरू स्काउटरको रूपमा दीक्षित भएका छन्।

समापन कार्यक्रममा प्रमुख अतिथि हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख तथा स्थानीय प्रमुख स्काउट रमेश कुमार राउतले सहभागी शिक्षकहरूलाई प्रमाणपत्र वितरण गर्दै भन्नुभयो, “स्काउटिङको ज्ञान केवल प्रशिक्षणमा सीमित नरहोस्। यो विद्यालयमा व्यवहारिक रूपमा कार्यान्वयन होस्। शिक्षामा नेतृत्व विकास र अनुशासन स्थापनाको लागि स्काउटिङ अत्यन्त उपयोगी छ।”

विशिष्ट अतिथि तथा स्थानीय शिक्षा अधिकृत सुरेश निरौलाले स्काउट कार्यक्रम विद्यालय शिक्षामा सहायक हुने उल्लेख गर्दै भन्नुभयो, “शिक्षकहरू स्काउटरको रूपमा दीक्षित हुनुको अर्थ हो, अब विद्यालयमा अनुशासन, नेतृत्व र जिम्मेवारीको संस्कार विस्तार हुनु। विद्यार्थीहरूमा सकारात्मक परिवर्तन ल्याउन स्काउटिङ एक मजबुत माध्यम हो।”

कार्यक्रमको सभाध्यक्ष तथा नेपाल स्काउट कोशी प्रदेशका प्रमुख आयुक्त हेमन्त भण्डारीले तालिमको सफलता प्रति प्रसन्नता व्यक्त गर्दै सहभागीहरूप्रति आभार प्रकट गर्नुभयो। उहाँले भन्नुभयो, “स्काउटर बन्नु भनेको अब केवल शिक्षक हुनु मात्र होइन, सामाजिक परिवर्तनका लागि सक्रिय नागरिक बन्नु हो। यो तालिमले तपाईँहरूलाई जीवनोपयोगी सीप, नेतृत्व गुण र सेवाभाव सिकाएको छ। अब विद्यालय र समुदायमा यसको अभ्यास गरेर सशक्त परिवर्तनको उदाहरण दिनुहोस्।”

हलेसी तुवाचुङ्ग नगरपालिका वडा नम्बर १० का वडा सदस्य किशोर कुमार श्रेष्ठले तालिममा सिकेका कुरालाई व्यवहारमा उतारे मात्र तालिम सफल हुने औल्याउनु भयो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष रुद्रनारायण श्रेष्ठ, व्यवस्थापन समिति सदस्य यादव श्रेष्ठ, अभिभावक, स्काउट तथा स्थानीय प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

तालिमको कोर्ष लिडर नारायण श्रेष्ठ रहनुभएको थियो भने शिवानी देवान, दुर्गाबहादुर लुइटेल, मोतिराम ढुङ्गाना, विपल लुहार, दिनेश कुमार शाक्य र विपिन लुइटेलले काउन्सीलर तथा प्रशिक्षकको भूमिकामा योगदान दिनुभयो।

कार्यक्रमको संचालन कोशी प्रदेश स्काउट अधिकृत नवराज घिमिरेले गर्नुभएको थियो।

नेपाल स्काउटको नेतृत्व विकास, सामाजिक दायित्व र राष्ट्रप्रतिको निष्ठा अभिवृद्धिमा योगदान दिने उद्देश्यले सञ्चालित यस्ता तालिमहरू विद्यालय शिक्षामा नयाँ उचाइ स्थापित गरिरहेका छन्।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दुर्गाबहादुर लुइटेल

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।