१४ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड

नेपाली कांग्रेसको समायोजन समितिबाट अलग्गिए महेश आचार्य

सेयर:

कांग्रेसले विजयकुमार गच्छदारलगायत अन्य पार्टीबाट आएकाहरूलाई पार्टीमा समायोजन गर्न समिति बनाएको थियो। उक्त समायोजन समिति सदस्य मध्ये एक हुन् महेश आचार्य । नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले समायोजन समिति सदस्यबाट राजीनामा दिएका छन्।

मंगलबार सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका उनले केन्द्रीय समिति बैठकमा यसबारे आफ्ना धारणा पनि राखेका थिए।उनले आफूलाई समायोजन समितिमा राखेको र करिब करिब तोकिएका कामहरू पूरा भएको केन्द्रीय समितिलाई जानकारी गराएका छन्।

कांग्रेसले ७७ जिल्लामध्ये ७४ जिल्लामा समायोजनका काम सकेको छ। तीन जिल्लामा समायोजनका काममा विवाद छ। उक्त विवाद हल गर्ने जिम्मेवारी आजको केन्द्रीय समितिले निर्वाचन समितिलाई नै दिएको छ।

Contact for the Advertisement (बिज्ञापनको लागि सम्पर्क) - 9852662265

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।