१३ मंसिर २०८३ ☀️ २२°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

महिला विश्वकप क्रिकेट छनोटको तयारीमा

सेयर:

झापा मेचीनगरका ६ जना खेलाडी चयन

८ भदौ, मेचीनगर : नेपाल क्रिकेट संघ (क्यान)ले महिला विश्व कप छनोटमा सहभागी हुने राष्ट्रिय महिला टिमको प्रारम्भिक चरणको बन्द प्रशिक्षणका लागि चयन गरेका २४ जना खेलाडी मध्ये मेचीनगरका ६ जना खेलाडी छन् । उनीहरु सवै झापाको मेचीनगर— ६ काँकरभिट्टाका स्थायी वासिन्दा हुन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार खेलाडीको नाम सार्वजनिक गरेको थियो । महिला विश्वकप क्रिकेट छनोटको तयारीमा रहेको नेपालका लागि अन्तिम २४ जना खेलाडी छनोट भएका हुन् । प्रारम्भिक टोलीमा रुविना क्षेत्री, काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरा बेगम, रोमा थापा, सबनम राई, सङ्गिता राई, सरस्वती चौधरी र अुनराधा चौधरी छन् ।

यसैगरि सुमन खतिवडा, सरस्वती जिएम, कन्चन श्रेष्ठ, रेवती धामी, लक्ष्मी साउद, कविता जोशी, कविता कुँवर, डली भट्ट, विन्दु रावल, ममता चौधरी, सिता राना मगर, ज्योती पाण्डे, बिनु बुढामगर, करुणा भण्डारी र सरिता मगर छन् ।

चयन भएका खेलाडीमध्ये रुविना क्षेत्री, काजोल श्रेष्ठ, अप्सरी वेगम, रोमा थापा, सवनम राई र संगीता राई ६ जना झापाको मेचीनगर— ६ काँकरभिट्टाका स्थायी वासिन्दा हुन् । नेपाली महिला क्रिकेट टिमकी कप्तान र क्याट विक्स काठमाडौंकी कप्तान समेत बनेकी रुविना क्षेत्री वुमन च्याम्पियन्स लिग क्रिकेटमा प्लेयर अफ दि सिरिज घोषित हुनु भएको थियो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।