१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेट १५ अर्ब घटाउँदै प्रतिस्थापन विधेयक प्रस्तुत (पूर्णपाठ)

सेयर:

२५ भदौ, काठमाडौं : एमाले अध्यक्ष केपी ओली नेतृत्वको तत्कालीन सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको आकार घटाउँदै अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार प्रतिनिधिसभाको तेस्रो बैठकमा प्रतिस्थापन विधेयक प्रस्तुत गरेका छन् ।

मन्त्री शर्माले चालु आर्थिक वर्ष ०७८/०७९ को राजस्व र आयव्ययको अनुमानित विवरण परिमार्जनका साथ प्रस्तुत गरे ।

मन्त्री शर्माले प्रस्तुत गरेको चालु आवको बजे प्रतिस्थापन विधेयकमा १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको अनुमानित आय–व्यय उल्लेख छ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले १६ खर्ब ४७ अर्बको अनुमानित आय–व्यय विवरण प्रस्तुत गरेका थिए । मन्त्री शर्माले त्यसमा १५ अर्ब रुपैयाँ घटाएर प्रतिस्थापन विधेयक प्रस्तुत गरेका हुन् ।

प्रतिस्थापन विधेयकमा चालुतर्फ ६ खर्ब ७७ अर्ब १९ करोड (४१.४२ प्रतिशत), पुँजीगततर्फ तीन खर्ब ७८ अर्ब १० करोड (२३.१६ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ एक खर्ब ८९ अर्ब ४४ करोड (११.६० प्रतिशत) तथा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ तीन खर्ब ८७ अर्ब ३० करोड (२३.७२ प्रतिशत) छुट्याइएको छ ।

यस्तो छ प्रतिस्थापन विधेयक

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।