१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

इटहरीका अग्रज संगीतकर्मी राम धामीको निधन, शोकमा डुब्यो इटहरी

सेयर:

इटहरी । इटहरी निवासी ५५ बर्षीय संगीतज्ञ धामीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज साँझ ५ बजे निधन भएको छ ।

संगीत सधाना प्रतिष्ठान इटहरीका अध्यक्ष समेत रहेका धामी रेडियो नेपालका गायक तथा संगीतकार पनि हुन् । उनि १६ दिनअघि बिरामी भई धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका थिए । प्रतिष्ठानमा उनको स्वास्थ्य जाँच गर्दा कोरोना पोजेटिभ रिर्पोट आएको थियो । उनलाई ५ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । निमोनिया समेत देखिएको धामीको पछिल्लो स्वास्थ्य रिर्पोटमा कोरोना नेगेटिभ आएको थियो ।
थारु भाषाका अब्बल गायकका रुपमा समेत परिचित उनले दर्जनौं गीतहरुमा संगीत भरेका छन् । शास्त्रीय संगीतका गुरु समेत रहेका उनको संगीतमा देशका सिद्धहस्ती गायक गायिकाहरुले गीत गाएको संगीत साधना प्रतिष्ठान इटहरीका महासचिव राजु केसीले बताए । उनका सृजनाहरु समाज परिर्वतन तर्फ बढी केन्द्रित हुने खालका छन् ।

उनले शिक्षा दिएका धेरै युवा युवतीहरु यतिबेला राम्रा गायक गायिका भएर नेपाली संगीत क्षेत्रमा छाइरहेका छन् । वरिष्ठ संगीतकार स्व.अमर गुरुगंलाई नागरिक तहबाट नेपालमै पहिलो पटक इटहरीमा रथारोहण गर्दा आयोजक समूहमा रहेर धामीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले काठमाण्डौंमा पनि राम धामी एकल साँझ गरेका थिए । संगीतज्ञ धामीका २ छोरी र श्रीमती छन् ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।