१३ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

कोहलपुर दुर्घटनामा काँकरभिट्टाका छत्र कटुवालको मृत्यु

सेयर:

काँकरभिट्टा | झापाको मकालु बस सुर्खेतबाट धरान आउँदै गर्दा कोहलपुरमा टिपरसँग ठोकिएर दुर्घटना हुँदा बस धनी काँकरभिट्टाका छत्र कटुवालको मृत्यु भएको छ ।

सुर्खेतको वीरेन्द्रनगरबाट धरान आउँदै गरेको मे १ ख ३३४७ नम्बरको मकालु बस शुक्रवार साँझ ५ बजे बाँकेको कोहलपुर नगरपालिका–१३ स्थित रोहिणी खोला नजिकै विपरीत दिशाबाट निर्माण सामग्री बोकेर जाँदै गरेको ना अ अ प ४१ नम्बरको टिपरसँग ठोक्किएर दुर्घटना हुँदा बस धनी कटुवालसहित ५ जनाको मृत्यु भएको हो । बसमा सवार ३७ जना यात्रु समेत घाइते भएका छन् ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका–६ स्थित काँकडभिट्टाका बस धनी ४५ वर्षीय कटुवाल, कोहलपुर नगरपालिका–१२ का २१ वर्षीय उदय बाठा, वडा नम्बर १३ का २५ वर्षीय खगेन्द्र सुनार, सुर्खेतको साटा खानीका ४० वर्षीय जीवन विक र अन्दाजी ३५ वर्षीय भारतीय महिला रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।