१३ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

एमालेसँग छलफल गरेर सभामुखले समस्या हल गर्नुपर्छ : योगेश भट्टराई

सेयर:

२६ भदौ, काठमाडौं : एमाले नेता योगेश भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले एमालेले उठाएको विषयमा छलफल गरेर निकास दिनुपर्नेमा जोड दिएका छन्।

शनिबार पार्टीको स्थायी कमिटी बैठकबारे पत्रकारसँग कुराकानी गर्ने क्रममा उनले सभामुख सापकोटाले एमालेको कुरा सुन्नै नचाहेकाले समस्या उत्पन्न भएको बताए।

पार्टी विभाजनमा जनुअघि नै एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेर सांसद पदबाट मुक्त गर्न सभामुख सापकोटासमक्ष पत्र पठाएको थियो। तर उनले उक्त कारबाहीलाई मान्यता दिएनन्। त्यसविरुद्ध एमालेले संसद बैठक अवरुद्ध गर्दै आइरहेको छ।

सभामुख सापकोटा संवादमा आउनुपर्ने, एमाले संसदीय दलको कुरा सुन्नुपर्ने, समस्याको उचित हल दिनुपर्ने भनाइ योगेशको थियो। संसदमा सत्तापक्ष र प्रतिपक्षको बीचमा रहेर काम गर्नुपर्ने सभामुखको भूमिका निष्पक्ष बन्न नसकेको उनको भनाइ थियो।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।