१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

चिसो अझै केहि दिन रहिरहने : मौसमविद्

सेयर:

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले चिसो अझै रहिरहने जनाएको छ । त्यस्तै तराईका भूभागहरुमा हुस्सु कुहिरोको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल नेपालमा कुनै उल्लेखनीय मौसम प्रणाली नभएको जानकारी दिँदै महाशाखाले देशभरको मौसम सामान्यताया सफा रहने उल्लेख गरेको छ ।

महाशाखाका अनुसार आज (सोमबार) सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी स्थानको मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै मंगलबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहने महाशाखाले जनाएको छ । मंगलबार राति पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।