Tuesday, May 11, 2021
- बिज्ञापन -
गृह राजनीतिपौडेल पक्षले बुझाए सभापति देउवा बिरुद्ध हस्ताक्षर

पौडेल पक्षले बुझाए सभापति देउवा बिरुद्ध हस्ताक्षर

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको कार्यशैलीसँग असन्तुष्ट पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र केही पदाधिकारी सहित केन्द्रीय सदस्यले देउवा बिरुद्ध हस्ताक्षर बुझाएका छन् ।

केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले आज पार्टी केन्द्रीय कार्यालय पुगेर मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत् २७ केन्द्रीय सदस्यको हस्ताक्षर सहितको विरोध पत्र दर्ता गराउनु भएको हो । पार्टीलाई विधान सम्मत सञ्चालन गरी १४ औं महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गरियोस् भन्दै उनीहरूले हस्ताक्षर बुझाएका पार्टीका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बताउनु भयो ।

उनीहरूले विभागदेखि भातृ संस्थाका म्याद थप गरेकोमा पनि खारेजीको माग गरेका छन् । पछिल्लो समय सभापति देउवाले २० भन्दा बढी विभाग गठन गरेपछि पार्टी भित्रको विवाद झन् बढ्दै गएको छ ।

यसैबीच, नेपाल महिला संघ केन्द्रीय समितिले हिजो गरेको भर्चुअल कार्यक्रममा काँग्रेस सभापति देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचार लगायत अनियमितता गरेकोले जुनसुकै बेला आन्दोलन गर्नुपर्ने अवस्था आउने टिप्पणी गर्नु भएको छ ।  सरकारले अप्रजातान्त्रिक काम गरिरहेकोले आन्दोलन गर्ने दिन आउन सक्ने देउवाको भनाइ थियो ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु