इटहरीका मेयर चौधरी नसच्चिए कडा आन्दोलन गर्ने काङ्ग्रेसको चेतावनी

A notice in Nepali from Mechinagar Ward No. 10

२८ साउन,इटहरी । नेपाली काँग्रेस इटहरीका मेयर द्वारिकलाल चौधरीविरुद्ध उत्रिएको छ । मेयर चौधरीको कार्यकक्षमा तालाबन्दी गरेको काँग्रेसले बिहीबार नगरपालिका घेराउ गरेको छ ।

बुधबार इटहरीका यामप्रसाद ढकाललाई बोलाएर चौधरीले कार्यालयमा थुनेको भन्दै नेपाली काँग्रेसले आन्दोलन थालेको हो । उसले इटहरीमा चौधरीको ज्यादती बढ्दै गएको आरोप लगाएको छ । घेराउ कार्यक्रममा बोल्दै काँग्रेस नेता रोहित प्रसाईले मेयरलाई अस्पतालमा लगेर उपचार गराउन माग गरे । ‘तपाईहरुलाई टेर्नुहुन्न भने हामीलाई दिनुहोस्, हामी लान्छौं,’ उनले भने ।

ऐलानी जग्गामा बनाएको घर ७ दिनभित्र भत्काउने लिखितमा सही गर्न मेयरले ढकाललाई भनेका थिए । आफूले नमानेपछि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा नगर प्रहरी लगाएर थुनेको ढकालले आरोप लगाए । यता मेयर चौधरीले भने आफूले बस्दै गर्नु मात्र भनेर हिडेको पछि उनले ढकालले थुनेको प्रोपोगाण्डा गरेको स्पष्टीकरण दिए ।

नेपाली काँग्रेसका नगर सभापती हेमकर्ण पौडेलले नियम र प्रक्रिया मिचेर मेयरले काम गरिरहेको भन्दै आफूलाई नसच्याए कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।

मेयर चौधरीले मंगलबार मात्र स्थानीय व्यवशायीहरुले इटहरी १२ नं. वार्डमा बनाउन लागेको रिसोर्टको पर्खाल भत्काइदिएका थिए । अनुमतीबेगर बनाउन थालेको र पर्खालले पानी छेकेर डुबान भएको भन्दै एक्कासी गएर भत्काइदिएपछि स्थानीयहरुलेसमेत विरोध जनाएका थिए ।

मेयर चौधरीले खोला, ऐलानी जग्गा मिचेर बनाएका संरचनाहरु भत्काउन आफू एक्सनमा उत्रिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.