महेन्द्र क्याम्पस धरानमा छात्रवृत्तिको विषयमा विवाद हुँदा स्ववियु सभापति राईमाथी खुकुरी प्रहारको प्रयास

A notice in Nepali from Mechinagar Ward No. 10

धरान ,मङ्सिर १२।महेन्द्र बहुमुखी क्याम्पस धरानका स्ववियु सभापति युवराज राई (अलौकिक) माथि घरेलु हतियारसहित आक्रमणको प्रयास भएको छ।

छात्रवृत्तिको विषयमा विवाद हुँदा मंगलबार घरेलु हतियार खुकुरी झिकेर आक्रमणको प्रयास गर्ने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनामा कसैलाई चोट भने लागेको छैन। स्ववियुका पुर्वसदस्यसमेत रहेका अनेस्वावियुका नेता उमेश परियारको नेतृत्वमा आक्रमणको प्रयास भएको हो। परियार फरक क्षमता (दृष्टिविहिन) विद्यार्थी हुन्। स्ववियु सभापति राई जसपा निकट संघीय विद्यार्थी युनियन सम्बद्ध हुन्।

घटनाबारे नेकपा एमाले र जसपाका नेताहरूसहित बिहान छलफल भएको र प्रहरी नियन्त्रणमा रहेका २ जनालाई पनि छुटाउन मिलापत्र गर्ने तयारी भइरहेको क्याम्पस प्रमुख चन्द्रबहादुर राईले जानकारी दिए। उनले भने,‘छात्रवृत्तिको बिषयमा विवाद हुँदा यो घटना भएको रहेछ। आज बिहान नेतृत्व तहमा छलफल गरेर सहमति भयो, र मिलापत्र गरेर थुनामा रहेकोलाई पनि छुटाउन प्रहरीमा सबै पुगेका छौँ,’ उनले भने। आक्रमणको नेतृत्व गरेका भनिएका परियारले आफूबाट गल्ती भएको पनि स्वीकार गरेका छन्

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.