अर्जुनधारा एमाले अध्यक्षमा प्रधान विजयी

२० जेठ, मेचीनगर : आगामी तीनवर्षे कार्यकालकालागि नेपाल कम्युनिस्ट पार्टी (एमाले ) अर्जुनधारा नगर कमिटिकाे अध्यक्षमा बीर्खबहादुर प्रधान निर्वाचित हुनुभएकाे छ ।

आईतवार सम्पन्न निर्वाचनकाे अन्तिम मत परिणाम अनुसार १४१ मत प्राप्त गर्दैँ काेशी प्रदेशका पुर्व काेशी प्रदेश सभा सदस्य समेत रहनुभएका प्रधान विजयी हुनुभएकाे हाे ।

उहाँका प्रतिस्पर्धी तारा खतिवडाले ११४ मत मा चित्त बुझाउनु पर्याे । अध्यक्षका अर्का उम्मेदवार लाेकनाथ गाैतमले ४७ मत प्राप्त गर्नुभयाे । प्रधान र खतिवडाकाे मतान्तर २७ रहेकाे छ । लाेकनाथ गाैतमसँग ९४ मतान्तर छ ।
उपाध्यक्षमा रमेशकुमार त्रिखत्री दर्जी सर्वाधिक १८४ मतका साथ विजयी बन्नुभयाे । उहाँले प्रतिस्पर्धी बीरबहादुर राईलाई ६६ मतले पराजित गर्नुभयाे । राईले ११४ मत प्राप्त गर्नुभएकाे निर्वाचन समितिले जनाएकाे छ ।
सचिवमा १७१ मतका साथ श्रीप्रसाद नेपाल विजयी बन्नुभयाे । उहाँका निकटतम प्रतिस्पर्धी नगेन्द्र खनालले १२४ मत ल्याउनुभयाे । उपसचिवमा भानु मिश्र १४५ मत ल्याएर विजयी बन्नुभयाे । उहाँले नेत्रप्रसाद पाैडेललाई ४ मतले पराजित गर्नुभएकाे हाे । पाैडेलले १४१ मतमा चित्त बुझाउनु पर्याे ।

कुल मतदाता/ प्रतिनिधि ३२३ भए पनि मतदानमा ३११ जनाले सहभागिता जनाएका थिए ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.