प्रेस चौतारी नेपालले डिजिटल पत्रकारिता सम्बन्धी तालिम कक्षा सञ्चालन गर्ने

A notice in Nepali from Mechinagar Ward No. 10

१३ असार, मेचीनगरर :  प्रेस चौतारी नेपाल, कोशी प्रदेश समितिको आयोजनामा दुईदिने डिजिटल पत्रकारिता सम्बन्धी तालिम कक्षा सञ्चालन हुने भएको छ ।

चौतारीका प्रदेश समिति अध्यक्ष सुमन पुरीका अनुसार कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा आगामी असार १५ र १६ गते तालिन सञ्चालन हुने छ ।

कोशी प्रदेश सरकारले २०८२ साल लाई कोशी भ्रमण वर्ष घोषणा गरे अनुसार प्रदेशको पर्यटकीय स्थल धनकुटा जिल्लाको नाम्जेमा तालिमको तयारी गरिएको अध्यक्ष पुरीले बताए । तालिममा सहभागी हुनका लागि अध्यक्ष पुरीले सवै सञ्चारकर्मीमा आग्रह समेत गरेका छन् ।

प्रेस चौतारी नेपालले २०८२ लाई प्रशिक्षण वर्षको रूपमा लिएको छ । प्रशिक्षण वर्ष २०८२ अन्तर्गत सातवटै प्रदेश र ७७ वटै जिल्लामा पत्रकारहरूका लागि आधुनिक पत्रकारिता, डिजिटल माध्यम, प्रेस स्वतन्त्रता, र श्रम अधिकार जस्ता विषयमा प्रशिक्षण सञ्चालन गर्ने चौतारीले जनाएको छ । यसले चौतारी आबद्ध पत्रकारहरू वैचारिक रूपमा मजबुत र वैचारिक रूपमा अब्बल हुने केन्द्रिय अध्यक्ष गणेश पाण्डेले बताए ।

फायल  फोटो

मर्यादित र व्यवसायीक पत्रकारिता क्षेत्रको विकास र पत्रकारको सशक्तीकरणका लागि प्रेस चौतारीले थालेको यो अभियान अन्तर्गत प्रदेश समितिले तालिम आयोजना गरेको महासचिव बाबुराम भण्डारीले बताए । प्रेस चौतारी नेपाल प्रगतिशील व्यवसायी पत्रकारहरूको क्षेत्रमा विगत २७ वर्षदेखि काम गर्दै आएको संस्था हो । पत्रकारहरूको अधिकार, पेसागत हित र नीति निर्माणमा संगठनले अग्रणी भूमिका खेल्दै आएको छ । संगठनमा ७ हजारभन्दा बढी पत्रकार आबद्ध छन् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.