विर्तामोडमा एमालेको लगालग दुई ठूला प्रदर्शन

A notice in Nepali from Mechinagar Ward No. 10
A large group of motorcyclists, including Khagendra Raj Angdembe, Asha Gurung, and Haricharan Shivakoti, participate in a rally on a dirt road in Virtamod, Jhapa. They are holding red and blue flags and wearing face masks. The scene is set against a backdrop of lush greenery and trees, with a few buildings visible in the distance. The atmosphere appears to be one of protest or demonstration.

१ कात्तिक, मेचीनगर :  जेनजी आन्दोलनको प्रमुख निशाना बनेपछि सुस्ताएको नेकपा एमालेले आफ्ना गतिविधि रफ्तारमा अघि बढाउन थालेको छ ।

झापामा पार्टी गतिविधि सञ्चालनका दृष्टिले विर्तामोडको एमाले सबैभन्दा अगाडि देखिएको छ । विर्तामोडमा एमालेले अन्तरिम सरकारविरुद्ध चार दिनमै दुई पटक ठूला प्रदर्शन गरेको छ ।

आज विर्तामोडमा पार्टीले मोटर साइकल र्याली सम्पन्न गरेको छ । तीन दिन अघि पनि विर्तामोड एमालेको आयोजनामा गरामनी क्षेत्रमा प्रदर्शन र कोणसभा भएको थियो ।

सहभागिताको दृष्टिले आजको मोटर साइकल र्याली प्रभावशाली रहेको थियो । सिटी सेन्टरबाट सुरु र्याली गरामनी र चारपानी हुँदै विर्ता बजार पुगेर कोणसभामा परिणत भएको थियो ।

सभालाई जेन्जी नेता आशा गुरुङ, राष्ट्रिय युवा संघका , झापा इञ्चार्ज तथा कार्यक्रम संयोजक खगेन्द्रराज आङ्देम्बे, संघका विर्तामोड अध्यक्ष प्रविन सादेम्बा, एमालेका केन्द्रीय सल्लाहकार हरिचरण शिवाकोटी लगायतका वक्ताले मन्तब्य व्यक्त गर्दै प्रधानमन्त्री सुशिला कार्कीको नेतृत्वमा गठित सरकार असंबैधानिक भएकाले खारेज हुनुपर्ने र विघटित प्रतिनिधिसभा पुनस्र्थापनाको माग गरेका थिए ।

नेकपा एमाले विर्तामोड नगर कमिटिका अध्यक्ष सुभाष भट्टराईले कोणसभामा बोल्दै मुलुकमा अराजकता फैल्याउने, आगजनी र तोडफोड गर्नेहरुलाई कानूनी कार्वाही हुनुपर्ने बताए ।
लोकतन्त्र पोस्टबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.