१४ माघ मेचीनगर : ‘श्रम र परिश्रमको सम्मान, कृषि व्यावसायिकता, स्वदेशी वस्तुको उपभोग,उत्पादनको बजारको सुनिश्चिचता’ आफ्नो पहिलो प्राथमिकता भएको आसन्न फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा निर्वाचन २०८२ मा नेपाल कम्यूनिष्ट पार्टी ‐एमाले) कातर्फबाट झापा निर्वाचन क्षेत्रनम्बर १ बाट उम्मेद्वार बनेका रामचन्द्र उप्रेतीले बताएका छन् ।
झापाको निर्वाचन क्षेत्र नम्बर १ का मतदातहरुसँगको भेटघाटका क्रममा सहकारी अभियन्ताका रुपमा स्थापित उप्रेतीले हरेक क्षेत्रका मजदुरहरुको श्रमको सम्मान, नेपाल कृषि प्रधान देश भएकाले कृषि व्यावसायिकता, परनिर्भरको अन्त्यका लागि स्वदेशी वस्तुको उपभोग,उत्पादनको बजारको सुनिश्चिचता’ आजको आवश्यकता औल्याएका हुन् ।

साना ठूला सबै व्यवसाय र व्यवसायीको सम्मान गर्न सके सुशासन र समृद्धिको अभियान सफल हुने भएकाले अभियानलाई साकाररुप दिनका लागि समेत आफ्नो उम्मेद्वारी भएको स्पष्ट पारेका छन् । यदि १ नम्बर क्षेत्रका मतदाताको अमूल्य मत पाएर विजयी भए मतको कदर गर्दै आफ्नो कारणले यो देश र आम नेपाली जनताको शिर झुक्ने काम कहिले पनि नगर्ने प्रतिवद्धता उम्मेद्वार उप्रेतीले व्यक्त गरेका छन् ।

निर्वाचनलाई लोकतन्त्रको सुन्दर अभ्यास, जनतालाई जागरुक र सजक गराउने समय , जनताले आफ्नो प्रतिनिधि छान्ने अवसर , इतिहासको सम्झना, वर्तमानको समिक्षा र भविश्यको योजना बनाउने समय, प्रतिनिधि सक्षम र इमान्दार भएमात्र जनताले चाहेको पूरा हुदै जाने, विधिको शासन लोकतन्त्रको सुन्दर अभ्यास बताउँने उम्मेद्वारले आफुलाई सूर्य चिन्हमा मतदान गरि विजयी गराउनु भनेको केवल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले झापाको निर्वाचन क्षेत्र नम्बर १ बाट एकजना सांसद् संख्या बढाउनु मात्र नभएको स्पष्ट पारेका छन् ।



























