झापा क्षेत्र नम्बर ३ मा निर्वाचन सौहार्दपूर्ण रूपमा सम्पन्न, मतपेटिका सुरक्षित रूपमा जिसस भवन चन्द्रगढी ल्याइदै:

A notice in Nepali from Mechinagar Ward No. 10

झापा क्षेत्र नम्बर ३ मा निर्वाचन सौहार्दपूर्ण रूपमा सम्पन्न, मतपेटिका सुरक्षित रूपमा जिसस भवन चन्द्रगढी ल्याइदै

← Back

Thank you for your response. ✨

भद्रपुर,।झापा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। मतदान प्रक्रिया बिहानदेखि साँझसम्म उत्साहजनक सहभागितासहित अघि बढेको थियो।
मतदान सम्पन्न भएपछि सबै मतदान केन्द्रबाट मतपेटिकाहरू कडा सुरक्षाबीच जिल्ला समन्वय समितिको भवनमा ल्याई सुरक्षित रूपमा राखिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

निर्वाचन कार्यालयका अनुसार आजै सर्वदलीय बैठक बस्ने तयारी गरिएको छ। उक्त बैठकमा मतगणनाको मिति, समय र व्यवस्थापन सम्बन्धी आवश्यक निर्णय गरिने जनाइएको छ। साथै मतगणनाका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी पनि थालिएको छ।
निर्वाचन प्रक्रिया निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन सबै राजनीतिक दल तथा सरोकारवालाको सहकार्य रहने विश्वास व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.