आगामी निर्वाचनमा कांग्रेसभित्र ‘प्रि-इलेक्शन’ गराएर उम्मेदवार छानिने, ‘जरा अभियान’ मार्फत पार्टीको नवीन यात्रा सुरु: डा. डिला संग्रौला

A notice in Nepali from Mechinagar Ward No. 10

विर्तामोड । नेपाली कांग्रेसका सहमहामन्त्री डा. डिला संग्रौलाले आगामी निर्वाचनमा पार्टीभित्र आन्तरिक ‘प्रि-इलेक्शन’ (प्रारम्भिक चुनाव) गराएर त्यसबाट प्राप्त लोकप्रिय मतको आधारमा मात्रै उम्मेदवार चयन गरिने स्पष्ट पार्नुभएको छ. नेपाली कांग्रेस झापाको आयोजनामा विर्तामोडमा बिहीबार आयोजित जिल्ला, क्षेत्र, प्रदेशसभा क्षेत्र, र गाउँ/नगरका पदाधिकारीहरूको संयुक्त भेलालाई सम्बोधन गर्दै सहमहामन्त्री संग्रौलाले यस्तो नयाँ रणनीतिक धारणा राख्नुभएको हो.

पार्टीको महाधिवेशन पूर्व निर्धारित समयमै सम्पन्न गर्नका लागि ‘जरा अभियान’ अन्तर्गत क्रियाशील सदस्यहरूको अध्यावधिक कार्य जतिसक्दो छिटो सक्नुपर्नेमा जोड दिँदै उहाँले यो अभियान पूर्ण सफल पार्न सबै तहगत सङ्गठनहरूलाई सक्रिय भएर लाग्न आह्वान गर्नुभयो. ‘जरा अभियान पार्टीको नवीन यात्रा हो,’ नेतृ संग्रौलाले भन्नुभयो, ‘जेठ २० गते एकैदिनमा ६२ हजारभन्दा बढीले क्रियाशील सदस्यता नवीकरण गर्नुले पार्टी नयाँ विश्वासको जगबाट अघि बढेको स्पष्ट हुन्छ’. उहाँले युवा पुस्तालाई कांग्रेसप्रति आकर्षित गर्न अनलाइन सदस्यता खुला गरिएको जानकारी दिँदै विशेष गरी १८ देखि ३३ वर्षका युवाहरूलाई सदस्यता वितरण गर्न आग्रह गर्नुभयो. अनलाइनबाट प्राप्त आवेदनहरूको टुङ्गो लगाउने अधिकार वडा र क्षेत्रलाई नै रहेको र विवाद आएमा मात्रै केन्द्रले छानबिन गर्ने उहाँले प्रस्ट पार्नुभयो.

भेलामा झापाका लागि केन्द्रीय प्रतिनिधि वसन्त भट्टराईले प्राविधिक रूपमा क्रियाशील सदस्यता रेकर्ड, पार्टीको नीति, कार्यक्रम र समसामयिक विषयका विचार प्रचार-प्रसारलाई व्यवस्थित गर्न जरा अभियान सुरु गरिएको बताउनुभयो. नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले झापाका १३१ वटै वडामा सदस्यता अध्यावधिक गर्ने कार्य जारी रहे पनि कतिपय ठाउँमा प्राविधिक रूपमा दक्ष जनशक्ति नहुँदा, सर्भरमा समस्या देखिँदा र सरुवाको रेकर्ड नदेखिँदा केही समस्या उत्पन्न भएको धारणा राख्नुभयो.

बैठकमा अर्जुनधारा, कचनकबल, बुद्धशान्ति, दमक, कमल, शिवसतासी, झापा र कनकाई लगायतका गाउँ/नगरका सभापतिहरूले आ-आफ्नो क्षेत्रमा उत्साहपूर्ण रूपमा कार्य भइरहेको विवरण प्रस्तुत गर्नुभएको थियो. प्राविधिक कठिनाइहरूका कारण कार्य प्रभावित भएकाले यो संयुक्त भेलाले आगामी असार १५ गतेसम्म क्रियाशील सदस्यता अध्यावधिक गर्ने म्याद थप गर्न केन्द्रीय समितिसँग माग गर्ने निर्णय समेत गरेको छ.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.