अब नेकपामा दाहाल कार्यकारी अध्यक्ष, महाधिवेशनको मिति तय

A notice in Nepali from Mechinagar Ward No. 10

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीमा अध्यक्षद्वयको कार्य विभाजन भएको छ। आज बसेको बैठकले पुष्पकमल दाहालले कार्यकारी अधिकारसहित पार्टीको काम गर्ने र केपी शर्मा ओली सरकारका काममा केन्द्रित हुने निष्कर्ष निकालिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

बैठकले सरकार पार्टीको मार्ग निर्देशनमा संचालन निर्णय गरेको छ। दैनिक काममा पार्टीले सरकारलाई हस्तक्षेप नगर्ने तर राष्ट्रिय महत्वका विषयमा निर्णय गर्दा पार्टीमा छलफल गर्नु पर्ने निष्कर्ष निकालिएको छ। सरकारले प्रस्तुत गर्ने विधेयकबारे पार्टी कमिटीमा छलफल गर्नुपर्ने छ। पार्टीको महाधिवेशन २०७७ चैत्र २५ देखि ३० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ। महाधिवेशनको तयारीका लागि कार्तिक १५ देखि १७ गतेसम्म केन्द्रिय समितिको बैठक बोलाइएको छ। आजको बैठकमा १३ जना नेताहरुले आफ्ना कुरा राखेका छन्।

साभार: नागरिक न्युज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.