Friday, January 22, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
Advertisement
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृह राजनीति

विवादमा नफर्किने ओली-प्रचण्डको प्रतिवद्धता, गुटबन्दी गर्नेलाई कारबाही गर्ने

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
September 15, 2020
0
1 min read
in राजनीति
0
सेयर
39
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
विवादमा नफर्किने ओली-प्रचण्डको प्रतिवद्धता, गुटबन्दी गर्नेलाई कारबाही गर्ने

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा कुनै प्रकारको गुटबन्दी नगर्न निर्देशन दिएका छन्।

शुक्रवार सम्पन्न स्थायी कमिटी बैठकको निर्णयहरु समेटेर जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा गुटबन्दी गर्नेलाई विधान वमोजिम कारबाही गर्ने उल्लेख छ।

‘आफ्नो मत वा असहमति कमिटी प्रणालीअन्तर्गत मर्यादित रूपमा राख्ने, गुटबन्दीपूर्ण क्रियाकलाप नगर्ने, गुटगत गतिविधिलाई संरक्षण, प्रश्रय र प्रोत्साहन नदिने, अनेकता, अराजकता, अनुशासनहीनता र गुटबन्दीपूर्ण कार्यलाई अनुशासनात्मक कारबाहीको विषय बनाउने र पार्टी विधानबमोजिम कारवाही गर्ने’ भनिएको छ।

विवादमा नफर्किने  प्रतिबद्धता

ओली र प्रचण्डले पुन: पार्टी विवादमा नफर्किने प्रतिबद्धता पनि गरेका छन्। विवादमा नफर्कने समय भने पाँचौ स्थायी कमिटी बैठकलाई तोकिएको छ। नेकपा लामो समय विवादमा रुमल्लिएको थियो। विवाद समाधान गर्न बनेको कार्यदलको प्रतिवेदनलाई ओली-प्रचण्डले संशोधन गरी स्थायी कमिटी बैठकमा प्रस्ताव लगेका थिए। उक्त प्रस्तावले नेकपाको विवाद तत्कालका लागि अवतरण भएको छ। यस्तोमा अध्यक्षद्वयले विवादमा नफर्किने वाचा गरेका हुन्।

‘पार्टीभित्र देखापरेको विवाद वा मतभेदका सम्बन्धमा स्थायी कमिटीको पाँचौ बैठक समापनको मिति २०७७ भदौ २६ गतेलाई पुरानो विवादतर्फ नफर्किने निश्चित समय निर्धारण गर्ने र पुनः त्यसप्रकारको अन्तर्विरोधपूर्ण विवाद नहुने कुरा सुनिश्चित गर्ने। सार्वजनिक रूपमा गरिने तथ्यहीन र अमर्यादित आरोप–प्रत्यारोप बन्द गर्ने,’ अध्यक्षद्वयले संकल्प गरेका छन्।

त्यस्तै, नेतृत्व तहको असमझदारी, अविश्वास र अन्तरविरोध समाधान गर्ने र परस्परमा विश्वास कायम गर्ने संकल्प पनि गरिएको छ।त्यस्तै सबै खाले प्रतिकृयावादी तथा अवसरवादी षडयन्त्र तथा दाउपेचहरूलाई चिर्दै पार्टी एकतालाई अक्षुण्ण राख्ने र जनता एवम् राष्ट्रको हितमा समर्पित, निस्वार्थ एवम् सिद्धान्तनिष्ठ एकताको पक्षमा दृढताका साथ उभिने प्रतिज्ञा पनि गरिएको छ।

पद्धती र संस्थागत प्रणालीलाई सबल तुल्याउने

नेकपाले पार्टीलाई विधिसम्वत तथा मर्यादित बनाउने प्रण पनि गरेको छ। गुट-उपगुटलाई नियन्त्रण गर्ने बताइएको छ।

‘पार्टीलाई गुटले विस्थापित गर्न खोज्ने, गुट–गुटका अलग–अलग बैठक बस्ने, निर्णय गर्ने र सार्वजनिक रूपमा आरोप–प्रत्यारोपमा उत्रिने जस्ता गलत अभ्यासहरूलाई कडाइका साथ नियन्त्रण गर्ने र पार्टीलाई अनुसाशित र पार्टीभित्रको बहस–विवादलाई विधिसम्मत तथा मर्यादित तुल्याउने प्रण गर्दछ,’ अपानीमा उल्लेख छ।

नेकपाले  शक्ति र सामर्थ्यलाई ठीक ढंगले बुझ्न र व्यक्तिगत हितलाई पार्टी हितको मातहत राख्न नसक्दा अन्तरविरोध कटुतापूर्ण बनेको ठहर पनि गरेको छ। अन्तरविरोधलाई समाधान गर्न नसक्दा आन्तरिक एकता कमजोर भएको निष्कर्षमा नेकपा पुगेको हो।

‘चुनौती दिने प्रवृति झाँगिदै जाँदा पद्धतीहीनता, गुटबन्दी, अराजकता र अनुशासनहिनता फैलिँदै गयो। विभिन्न सन्दर्भमा नेतृत्व तहबाट समेत गम्भीर प्रकृतिका गल्ती, कमजोरीहरू हुन पुगे। पार्टीभित्र उत्पन्न अन्तरविरोधहरूलाई ठीक ढङ्गले समाधान गर्न नसक्दा संस्थागत प्रबन्ध उलङ्घन हुँदै गयो र आन्तरिक एकता कमजोर भयो,’ भनिएको छ।

अध्यक्षद्वयले विगतका अन्तर्विरोध एवम् अनुभवहरूबाट शिक्षा लिन र पार्टी एकताको मर्म एवम् भावना, दुई पार्टीबीच एकता गर्दाका सहमतिहरू र संस्थागत रूपमा तय गरिएका नीति, विचार विधि तथा पद्धती अनुशरण एवम् कार्यान्वयन गर्दै

अघि बढ्न सम्बन्धित नेता कार्यकार्तालाई निर्देशित पनि गरेका छन्।

समाजिक सञ्जालमा नेताहरुमाथि जथाभावी लेख्न कडाइ

नेकपाले समाजिक सञ्जालमा नेताहरुको विषयमा जथाभावी बोल्न कडाइ गर्ने भएको छ। त्यस्ता गतिविधीलाई रोक्न ओली-प्रचण्डले निर्देशन दिएका छन्।

‘पार्टीको नीति, नेता र कार्यकर्ताका विरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्ने र पार्टी हित विपरीत गतिविधि गर्ने प्रवृत्तिलाई कडाइकासाथ रोक्न जिम्मेवार कमरेडहरू र सम्बद्ध सबैलाई निर्देशित गर्दछ,’ अपानिमा भनिएको छ।

त्यस्तै, सञ्चार माध्यमहरूमा पार्टी हित विपरितका अनधिकृत, प्रायोजित र तथ्यहीन समाचार सम्प्रेषण गर्ने प्रवृतिलाई नियन्त्रण गर्न निर्देशन दिइएको छ।

‘पार्टी हित विपरितका अनधिकृत, प्रायोजित र तथ्यहीन समाचार सम्प्रेषण गर्ने प्रवृतिलाई नियन्त्रण गर्ने र त्यस्ता पात्रलाई जवाफदेही बनाउने, बुँदा ५ को (३) मा भनिएको छ,’ वेबसाइट तथा अन्य डिजिटल प्लेटफर्महरूमा देखापरेको पार्टीका नेता तथा कार्यकर्ताहरूको अराजक तथा अनुशासनहीन कार्यलाई नियन्त्रण गर्ने।‘

नेकपाले विभिन्न नेताहरुको नाममा रहेको प्रतिष्ठान गुटबन्दीको माध्यम बन्दै गएको निश्कर्ष पनि निकालेको छ। गुटबन्दी रोक्न प्रतिष्ठानहरूलाई नियमन गर्ने निर्णय पनि गरिएको छ। त्यस्तै १९ पृष्ठ लामो अपानिमा अध्यक्षद्वयको कार्यविभाजन, कार्तिक १५-१७ केन्द्रीय कमिटी बैठक बस्ने, चैतको २५-३० मा पार्टीको महाधिवेशन गर्ने, एमसीसी परिमाजर्न गरी अनुमोदन गर्ने लगायतका स्थायी कमिटी बैठकले गरेका निर्णयहरुहरु समावेश छन्।

0
सेयर
39
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

मेस्सी सर्वाधिक कमाइ गर्ने फुटबल खेलाडी, रोनाल्डो दोस्रो

अर्को समाचार

बीपीका उपकुलपतीलाई कोरोना पुष्टि

सम्बन्धित समाचारहरु

विघटित संसद, स्खलित नेकपा, विभाजित कार्यकर्ता : हिमाल दाहाल
अन्तर्वार्ता / विचार / समीक्षा

विघटित संसद, स्खलित नेकपा, विभाजित कार्यकर्ता : हिमाल दाहाल

मेरो मेचीनगर डेस्क
January 21, 2021
झापामा मध्यवधि निर्वाचनको चहल पहल शुरु
मुख्य समाचार

झापामा मध्यवधि निर्वाचनको चहल पहल शुरु

लक्ष्मी उप्रेती
January 21, 2021
वकिलका प्रश्‍न : राजपत्रमा नआउँदासम्म संसद् विघटन भएको कसरी मान्‍ने ?
मुख्य समाचार

वकिलका प्रश्‍न : राजपत्रमा नआउँदासम्म संसद् विघटन भएको कसरी मान्‍ने ?

मेरो मेचीनगर डेस्क
January 21, 2021
संसद् विघटनको विरोधमा कांग्रेसले देशभरका वडामा प्रदर्शन गर्दै
मुख्य समाचार

संसद् विघटनको विरोधमा कांग्रेसले देशभरका वडामा प्रदर्शन गर्दै

मेरो मेचीनगर डेस्क
January 21, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Login
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Notify of
Connect with
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • डुँडामारी एफसीको सनसनीपूर्ण जीत ,फाइनलमा शिवसताक्षीसँग भिड्ने
    डुँडामारी एफसीको सनसनीपूर्ण जीत ,फाइनलमा शिवसताक्षीसँग भिड्ने
  • काँकरभिट्टाबाट लागुऔषधसहित १ जना पक्राउ
    काँकरभिट्टाबाट लागुऔषधसहित १ जना पक्राउ
  • बुद्ध एयरको थप एटिआर शुक्रबार नेपाल आइपुग्ने, तीन गन्तब्यमा नाइट स्टप राखेर उडानको योजना
    बुद्ध एयरको थप एटिआर शुक्रबार नेपाल आइपुग्ने, तीन गन्तब्यमा नाइट स्टप राखेर उडानको योजना
  • झापामा मध्यवधि निर्वाचनको चहल पहल शुरु
    झापामा मध्यवधि निर्वाचनको चहल पहल शुरु
  • सनराइज बैंकले पहिलो पटक भित्र्यायो 'कन्ट्याक्टलेस ट्याप टू पे' कार्ड सेवा
    सनराइज बैंकले पहिलो पटक भित्र्यायो 'कन्ट्याक्टलेस ट्याप टू पे' कार्ड सेवा
अर्को समाचार
बीपीका उपकुलपतीलाई कोरोना पुष्टि

बीपीका उपकुलपतीलाई कोरोना पुष्टि

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz