नेपाल कम्यूनिष्ट पार्टी माओवादीको दशदिने समाजवादी युवा जागरण अभियान भोलीदेखि

A notice in Nepali from Mechinagar Ward No. 10

१९ पुस, मेचीनगर  : नेपाल कम्यूनिष्ट पार्टी माओवादीको दशदिने समाजवादी युवा जागरण अभियान भोलीदेखि सुदूर पूर्व र सुदूर पश्चिमबाट एकसाथ शुरु हुदैंछ । पार्टीका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इञ्चार्ज सुमनसिहं सीका अनुसार एकीकृत जनक्रान्ति जिन्दावाद, नेपाली विशेषताको समाजवाद जिन्दावाद भन्ने मुख्य ःनारासहित पुस २० गतेबाट शुरु हुने अभियान विहान १० बजे नेपालको सुदूरपूर्व मेचीनगर वडा नम्बर—६ को काँकरभिट्टाबाट उद्घाटन हुने छ । पार्टीका केन्द्रीय नेताहरुले अभियानको एकसाथ उद्घाटन गर्नै कार्यक्रम तय भएको छ । काँकरभिट्टाबाट शुरु अभियान दिउँसो १ बजे विर्तामोडको हनुमान कम्प्लेक्समा र ४ बजे दमकको शंखधर चोकमा पुगेर कोण सभामा परिणत हुने र सो सभालाई पार्टीका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्य तालिका रहेको छ ।

सोहि समयमा सुदूरपश्चिमको गड्डाचौकीबाट समेत अभियान प्रारम्भ हुने छ । अभियानमा दुईदेखि तीन सयजना सम्मको सहभागी हुने छ । पूर्व र पश्चिमबाट शुरु भएको यात्रा बीरगञ्जमा पुगेर एक हुने छ । वीरगञ्जमा भेला दुवैतर्फको टोली काठमाडौं प्रस्थान गर्ने केन्द्रीय सदस्य सुमनसिहं सीले बताए । यसलाई पार्टीले आन्दोलनको रुपमा लिएको । पुस ३० गते काठमाडौं पुग्ने र विशाल जनसभाको तयारी छ । जनसभालाई नेपाल कम्यूनिष्ट पार्टी माओवादीका महासचिव नेत्रविक्रम चन्द ‐विप्लव) ले सम्बोधन गर्ने पार्टीले जनाएको छ ।

सर्वपक्षीय अन्तरिम सरकारका लागि दवाव दिन, संविधानलाई पुनः लेखन गरेरजनताको अधिकार सुनिश्चित गर्ने सन्देश दिन, राज्यको पुनःसंरचना अग्राधिकारसहितको समाजवादी संघीयतागठन गर्नुपर्छ भन्ने सन्देश दिन, जेन—जीको माग अनुरुप भ्रष्टचारीको छानबीन गर्न उच्च स्तरीय आयोग गठन गरिनु पर्छ भन्ने दवाव दिन, भ्रष्टचारीको मुद्धा हेर्ने उच्चस्तरीय न्यायलय गठन गरिनु पर्छभन्ने दवाव दिन, कालोधन समाप्त पार्न पाँच सय र एक हजार रुपैयाँका नोट खारेज गरेर नयाँ दरका नोट छाप्नुपर्छ भन्ने दवाव दिन, शिक्षलाई गुणस्तरीय र निःशुलक बनाउनु पर्छ भन्ने दवाव दिन, एमसीसी सम्झौतालाई देशको संविधान—कानून मातहत ल्याउनु पर्छ या खारेज गर्नुपर्छ भन्ने दवाव दिन र भदौं २३ गतेको गोलीकण्ड, २४ गतेको विध्वंशको निष्पक्ष छानबीन गरी कारवाही गर्नुपर्छ भन्ने दवाव दिनका लागि समाजवादी युवा जागरण अभियान प्रारम्भ गरिएको पार्टीले जनाएको छ ।

देशमा विद्यमान अहिलेको संकटको समाधान यी नै नाराहरुमा अन्तरनिहित रहेको भन्दैं यो अभियानलाई सामानय रुपमा नलिन समेत पार्टीले आग्रह गरेको छ र सरकारले यी मागको वेवास्ता गरे देशमा अझ ठूलो आन्दालेन शुरु हुने पार्टीका केन्द्रीय नेताहरुले चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.