१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

सार्वजनिक यातायातको भाडामा भारी वृद्धि: लामो दुरीका सवारीमा आजैदेखि नयाँ भाडादर लागू

सेयर:

काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडामा वृद्धि गरेको छ। यातायात व्यवस्था विभागले बुधबारदेखि नै लागू हुने गरी यात्रुवाहक र ढुवानीका सवारी साधनको भाडा बढाएको हो। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि र अन्य प्राविधिक कारणहरू देखाउँदै विभागले यो निर्णय गरेको हो।

विभागका अनुसार, यात्रुवाहक सवारी साधनको भाडा १६.७१ प्रतिशतले बढेको छ। त्यस्तै, पहाडी रुटमा चल्ने ढुवानीका सवारीको भाडा २१.६८ प्रतिशत र तराईका रुटमा चल्ने ढुवानीका सवारीको भाडा १५.७५ प्रतिशतले वृद्धि गरिएको छ। यो भाडा वृद्धि अन्तर प्रदेश (एक प्रदेशबाट अर्को प्रदेशमा जाने) लामो दुरीका सवारी साधनमा मात्र लागू हुने विभागले प्रष्ट पारेको छ।

विशेष व्यवस्था अन्तर्गत, यातायात व्यवसायीले आफ्नो सवारी साधनमा उपलब्ध गराएको सुविधा (जस्तै डिलक्स वा सुपर डिलक्स) का आधारमा सरकारले तोकेको भाडादरमा थप २० प्रतिशतसम्म भाडा लिन पाउने प्रावधान समेत यथावत राखिएको छ। इन्धनको मूल्य वृद्धि भएसँगै स्वचालित भाडा प्रणाली अनुसार यो समायोजन गरिएको विभागको भनाइ छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।