१३ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

एनपीएलमा जनकपुरका बलर राहुल यादवको चम्किलो प्रदर्शन: सिनियरबाट सिकिरहेको छु

काठमान्डु गोर्खाजविरुद्ध चार विकेट लिएर म्यान अफ द म्याच घोषित भएका १६ वर्षीय युवा बलर राहुल यादवले प्रतियोगितालाई सिक्ने ठूलो अवसर बताएका छन्।

सेयर:

काठमान्डु गोर्खाजविरुद्ध चार विकेट लिएर म्यान अफ द म्याच घोषित भएका १६ वर्षीय युवा बलर राहुल यादवले प्रतियोगितालाई सिक्ने ठूलो अवसर बताएका छन्।

📌 मुख्य बुँदाहरू:

  • नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमान्डु गोर्खाजविरुद्धको खेलमा जनकपुर बोल्ट्सका बलर राहुल यादव प्लेयर अफ दि म्याच घोषित भएका छन्।
  • १६ वर्षीय युवा बलर राहुलले उक्त खेलमा महत्वपूर्ण चार विकेट लिनुका साथै एक उत्कृष्ट क्याच पनि समाएका छन्।
  • जारी प्रतियोगिताको दुई खेलमा उनले कुल ६ विकेट हात पार्दै उत्कृष्ट प्रदर्शन गरेका छन्।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सका युवा बलर राहुल यादवले उत्कृष्ट प्रदर्शन गर्दै सबैको ध्यान खिचेका छन्। बिहीबार सम्पन्न काठमान्डु गोर्खाजविरुद्धको खेलमा चार विकेट लिएर प्लेयर अफ दि म्याच घोषित भएपछि १६ वर्षीय राहुलले यो मञ्च आफ्ना लागि ठूलो सिक्ने अवसर भएको बताएका छन्।

काठमान्डुविरुद्धको खेलमा घातक बलिङ गर्दै चार विकेट लिएका राहुलले एक उत्कृष्ट क्याच पनि लिएका थिए। जारी एनपीएलमा उनले दुई खेल खेल्दै ६ विकेट लिइसकेका छन्। यसअघि कर्णाली याक्सविरुद्धको खेलमा पनि उनले पहिलो ओभरमै विकेट लिएका थिए भने काठमान्डुविरुद्धको खेलमा पहिलो ओभरको पहिलो बलमै सफलता हासिल गरेका थिए।

logo
logo

सिनियर खेलाडीबाट सिकाइ जारी

खेलपछि प्रतिक्रिया दिँदै युवा बलर राहुलले आफू टोलीको सबैभन्दा कान्छो खेलाडी रहेको र सिनियर दाजुहरूबाट निरन्तर सिकिरहेको बताए। उनले पहिलो खेल र दोस्रो खेल दुवैमा सुरुवातमै विकेट लिन सफल भएकोमा खुसी व्यक्त गरे।

'पहिलो खेलमा पहिलो ओभरमै विकेट लिएँ। दोस्रो खेलमा पनि पहिलो बलमै विकेट लिन सफल भएँ। खुशी लागेको छ,' उनले भने, 'टोलीमा सबैभन्दा कान्छो खेलाडी पनि म नै हुँ। अहिले म सिनियर दाजुहरूसँग धेरै कुरा सिकिरहेको छु।'

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।