१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

रोलिङ च्यालेन्ज कपमा रेड हर्स सेमिफाइनलमा

सेयर:

६ कार्तिक, मेचीनगर : टाइब्रेकरमा नतिजा उल्टाउँदै रेड हर्स एफसी झापाको धुलाबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज धुलाबारी माविको खेल मैदानमा भएको अन्तिम क्वार्टर फाइनल खेलमा कोशी पुलिस क्लबमाथि इलामे टोली रेड हर्स एफसीले जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

रेड हर्सले टाइब्रेकरमा पुलिसलाई ३–१ गोल अन्तर हराएको हो । यसअघि भएको संघर्षपूर्ण निर्धारित समयमा दुबै टोलीबीच १–१ गोलको बराबरी भएको थियो ।
खेलको २० औँ मिनेटमा पुलिसका रमेश राजवंशीले पहिलो गोल गर्दै अग्रता दिलाए पनि खेलको ७५ औँ मिनेटमा रेड हर्सका प्रदिप बुढाथोकीले गोल फर्काएर स्थिति बराबरीमा ल्याएका थिए ।
खेलको प्लेयर अफ द म्याच रेड हर्सका गोल किप्पर तथा कप्तान विवेक मगर भए । उनले नगद पाँच हजार र ट्रफी पाए ।

उनलाई प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्का, मेचीनगरका युवा तथा शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, खेलप्रेमी राजन चिमरियालगायतले नगद तथा ट्रफी प्रदान गरे ।

फाइनल प्रवेशका लागि भोलि आयोजक रोलिङ क्लब र विराटनगरको सम्राट स्पोर्टिङ क्लबबीच पहिलो सेमिफाइनल खेल हुने आयोजक रोलिङ क्लबका सचिव महेश खड्काले जानकारी दिए ।

प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते हुनेछ । प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले नगद एक लाख ५० हजार, ट्रफी र मेडल पाउने अध्यक्ष नोबेम्बर नेम्वाङले बताए ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पाउँदा विधागत पुरस्कार नगद १५ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न ३५ लाख ३६ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।