इलाममा धर्मगुरु आत्मानन्दको ७० औं जन्मोत्सवमा स्थानीय विदा दिने

A notice in Nepali from Mechinagar Ward No. 10
इलाम। इलामको माङसेबुङ गाउँपालिकाले किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ शुभजन्मोत्सवमा सार्वजनिक विदा दिने भएको छ ।

माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले जारी गरेको सूचना अनुसार किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७० औं शुभजन्मोत्सवको अवसरमा मंसिर १८ गते सोमबारका दिन स्थानीय विदा घोषणा गरिएको हो ।

गाउँपालिकाभित्रका शैक्षिक संस्था, स्वास्थ्य संस्था, सरकारी र गैरसरकारी संस्थहरु र बैंक तथा वित्तीय क्षेत्रमा सार्वजनिक विदा दिने निर्णय भएको सूचनामा उल्लेख छ ।

अघिल्लो वर्षहरुमा समेत स्थानीय सरकार गठन भए यता गुरु लिङ्देनको जन्मोत्सवमा सार्वजनिक बिदा हुँदै आएको पालिका स्रेतले जानकारी दिएको छ ।

(साभार: किरातसमाचार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.