कनकाई धाममा श्रावणी बोलबम पर्वको तयारी, ५० हजार भक्तजन आउने अनुमान

A notice in Nepali from Mechinagar Ward No. 10
पढ्न लाग्ने समय: ३ मिनेट • कुल शब्द: ३२१

कनकाई, साउन १: झापाको कनकाई नगरपालिका–४ स्थित कनकाई धाममा श्रावणी पर्वको अवसरमा बोलबम लक्षित रुद्राभिषेक तथा विशेष पूजाआर्चना गरिने भएको छ।

कनकाई धाम धार्मिक विकास संस्थाको आयोजनामा श्रावण महिनाको विशेष अवसरमा रुद्राभिषेक तथा पूजाआर्चना कार्यक्रम गर्न लागिएको धाम परिसरमा आज आयोजित पत्रकार सम्मेलनमा धामका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक प्रकाश थापाले जानकारी दिनुभयो।

कन्केश्वर महादेवको पवित्र मन्दिर रहेको कनकाई धामले नेपाल, भारत, भुटान लगायत देश–विदेशका श्रद्धालु भक्तजनलाई आध्यात्मिक शान्तिको अनुभूति गराउँदै आएको बताउनुहुँदै धामका अध्यक्ष शेरबहादुर थापाले यस वर्ष पनि बोलबम पर्वलाई लक्षित गरी विभिन्न कार्यक्रम गर्न लागिएको बताउनुभयो।

कार्यक्रमका मुख्य आकर्षणहरू:

  • पवित्र कनकाई नदीबाट जल ल्याएर कनकेश्वर शिवलिङ्गमा जलार्पण।
  • ब्राह्मण तथा बटुकहरूद्वारा वैदिक विधिमा रुद्राभिषेक, रुद्री पाठ, हवन तथा विशेष पूजन।
  • साँझ ६ बजे कनकाई आरती तथा प्रसाद वितरण।

स्थानीय कलाकार तथा भजन मण्डलीद्वारा भजन–कीर्तन, शिव स्तुति तथा मन्त्रोच्चारण।

कार्यक्रम संयोजक थापाले स्वयम्सेवकबाट भक्तजनको सुरक्षाको व्यवस्था, पिउने पानी र मन्दिर सरसफाइ लगायतका कार्य गरिने पनि जानकारी दिनुभयो।

विशेष पूजामा सहभागी हुने व्यवस्था:
विशेष पूजामा कर्ताका रूपमा सहभागी बन्न इच्छुक श्रद्धालु भक्तजनहरूले संस्थाका अध्यक्ष शेरबहादुर थापा (मोबाइल नम्बर ९८५१०५१२१८), कार्यक्रम संयोजक प्रकाश थापा (मोबाइल नम्बर ९८०६०७३१७२) वा कार्यालयको फोन नं. ०२३–५५२५२५ मा सम्पर्क गरी नाम दर्ता गराउन सकिने धामले जनाएको छ।

धामका सल्लाहकार सदस्य चन्द्र मैनाली भतिजले गत वर्ष झैं यो वर्ष पनि बोलबमको अवसरमा भव्य रूपमा धार्मिक अनुष्ठानहरू गरिने बताउनुभयो। धामको विकासमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले भक्तजन भित्र्याउन सर्वपक्षीय पहल आवश्यक रहेको उल्लेख गर्नुभयो।

धामका वरिष्ठ उपाध्यक्ष निर्मल कुमार खतिवडाले स्वागत मन्तव्य राख्नुहुँदै भगवान शिवको प्रिय महिनाको रूपमा रहेको साउन महिनामा विशेष पूजाआर्चना गर्न लागिएको बताउनुभयो।

धामका अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यसमिति सदस्य धनपति चापागाईंले गर्नुभएको थियो। योपटक करिब ५० हजार भक्तजनहरूले कोटि होमको दर्शन गर्ने आयोजकले अनुमान गरेको छ। कनकाई धार्मिक विकास संस्थाले साउन महिनामा आएर जल चढाउन तथा प्रत्येक सोमबार हुने कनकाई आरतीमा सहभागी भइदिनका लागि सम्पूर्ण भक्तजनहरूमा अनुरोधसमेत गरेको छ।

पत्रकार सम्मेलनमा धामकी पर्यटन उपाध्यक्ष अम्बिकादेवी खरेल, महासचिव दिनानाथ खतिवडा, सचिव यामनाथ खतिवडा, कोषाध्यक्ष मानबहादुर पौडेल लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.