१३ मंसिर २०८३ ☀️ २५°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

सुर्खेत विमानस्थलमा श्री एयरलाइन्सको विमानको टायर पड्कियो: सबै यात्रु सुरक्षित, प्राविधिक अनुसन्धान सुरु

सेयर:

काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान अवतरणका क्रममा टायर पड्किएर दुर्घटना हुनबाट जोगिएको छ। बुधबार अपराह्न ३:५० बजे सुर्खेत विमानस्थलको धावनमार्गमा छुनेबित्तिकै विमानको पछाडिपट्टिको बायाँतर्फको टायर पड्किएको सुरक्षा अधिकारीहरूले पुष्टि गरेका छन्।

‘एसएचए १२३’ उडान नम्बर र ‘९एन-एओएल’ कलसाइन रहेको उक्त जहाज काठमाडौँबाट दिउँसो ३:१५ बजे उडेको थियो। अवतरणका क्रममा धावनमार्गसँगको घर्षणका कारण बाहिरी टायर पड्किए पनि चालक दलको कुशलताका कारण जहाज सुरक्षित रूपमा रोकिएको थियो। विमानमा सवार सबै यात्रु र चालक दलका सदस्यहरू सकुशल रहेको र उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको सुर्खेत प्रहरीले जनाएको छ।

विमानस्थलको अवस्था र प्राविधिक पक्ष: घटनापछि केही समयका लागि सुर्खेत विमानस्थलको धावनमार्ग अवरुद्ध भएको थियो। प्रारम्भिक जाँचअनुसार अवतरणको समयमा उत्पन्न उच्च घर्षणका कारण टायरमा क्षति पुगेको देखिएको छ। विमानलाई अहिले पार्किङ एरियामा राखिएको छ र श्री एयरलाइन्सको प्राविधिक टोलीले थप परीक्षण गरिरहेको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।