१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

राष्ट्रिय महिला लिग : विराटनगर विरुद्द आर्मीको सनसनीपूर्ण जीत

सेयर:

आर्मी ७–० विराटनगर

काठमाडौँ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज बिहिबार भएको खेलमा आर्मीले जारी लिगमा सातौं जित निकालेको छ ।

विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लबले मोरङको विराटनगर महानगरपालिकालाई फराकिलो अन्तरले पराजित गरेको छ। आर्मीले विराटनगरलाई ७–० गोलले हराएको हो।

आर्मीकी विमला विक र शर्मिला थापाले समान २–२ गोल गर्दा सपना लामा, रश्मी घिसिङ र विमला चौधरीले समान १–१ गोल गरे।

खेलको १८ औं मिनेटमा शर्मिलाले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाइन्। २२ औं मिनेटमा सपनाले गोल गर्दै आर्मीलाई २–० को अग्रता दिलाइन्। त्यसपछि खेलको ३१ औं मिनेटमा विमला विकले, ३५ औं मिनेटमा विमला चौधरीले र ३९ औं मिनेटमा रश्मीले गोल गर्दै आर्मीलाई पहिलो हाफसम्म ५–० को अग्रता दिलाए। पहिलो हाफमा नै फराकिलो अन्तरले पछि परेको विराटनगरले दोस्रो हाफमा थप दुई गोल खायो।

खेलको ५० औं मिनेटमा विमलाले व्यक्तिगत दोस्रो गोल गर्दा शर्मिला थापाले पनि अर्को गोल थप्दै आर्मीलाई ७–० गोलको जित दिलाइन्।

लिगको दोस्रो स्थानमा रहेको आर्मीले यो जितसँगै ९ खेलमध्ये सात खेलमा जित, एक खेलमा हार र एक खेलमा बराबरी खेल्दै २२ अंक बनाएको छ। पाँचौं स्थानमा रहेको विराटनगरको भने ९ खेलमध्ये तीन खेलमा जित, पाँच खेलमा हार र एक खेलमा बराबरी खेल्दै १० अंक छ। लिगको शीर्ष स्थानमा भने एपिएफ छ।

एक खेल पनि नहारेको एपिएफले आठ खेलमा शतप्रतिशत जित निकाल्दै २४ अंक बनाएको छ। लिगको तेस्रो स्थानमा रहेको वालिङको ९ खेलबाट १४ अंक हुँदा चौथो स्थानमा रहेको पुलिसको आठ खेलबाट ११ अंक छ। त्यस्तै, छैटौं स्थानमा रहेको चन्द्रपुर नगरपालिकाको आठ खेलबाट ६ अंक हुँदा लिगको पुछारमा रहेको चौदण्डीगढी नगरपालिका भने ९ खेलबाट अंकविहीन छ।

No description available.

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।