१३ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

अन्तत अर्जुनधाराले जित्यो झापा लिग तथा नक आउटको उपाधि,बुद्धशान्ति ३-० गोलले पराजित

सेयर:

२४ मंसिर,भद्रपुर । ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ ।

मेची रंगशालामा आज सम्पन्न फाइनल खेलमा अर्जुनधाराले ३-० गोल अन्तरले बुद्धशान्ति गाउँपालिकालाई हराउँदै उपाधि उचालेको हो ।

उपाधिसँगै अर्जुनधाराले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता बुद्धशान्तिले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

रंगशालामा भरिभराउ दर्शकबीच सम्पन्न खेलमा अर्जुनधाराले बुद्धशान्तिलाई ३–० गोल अन्तरले हराएको हो । खेल अवधिभर अर्जुनधाराले बुद्धशान्तिलाई दबाबमा राख्दै चल्न दिएको थिएन ।

अर्जुनधाराका लागि खेलको १५ औँ मिनेटमा शान्तिराम बस्नेत, ३० औँ मिनेटमा निखिल तामाङ र ५८ औँ मिनेटमा बादल तामाङले गोल गरेका थिए । फाइनल खेलको प्लेयर अफ द म्याच अर्जुनधाराका बादल तामाङ भए । उनले नगद २ हजार रुपैयाँ र ट्रफी पाए ।

त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोल किप्पर अर्जुनधाराका अनुप तामाङ, उत्कृष्ट प्रशिक्षक अर्जुनधाराका पुष्प मादेन, उच्च गोलकर्ता बुद्धशान्तिका बबिन बोहोरा र उदीयमान खेलाडी भद्रपुर ब्लेजर्सका मौसम लिम्बू भए । उनीहरुले नगद ५ हजार, ट्रफी र मेडल प्राप्त गरे ।

प्रतियोगिताभरिका सर्वोत्कृष्ट खेलाडी अर्जुनधाराका निखिल तामाङ भए । उनले नगद १० हजार, ट्रफी र मेडल प्राप्त गरे ।

विजेता तथा उपविजेता खेलाडी तथा अफिसियललाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, महासचिव जीवनकुमार श्रेष्ठ, प्रमुख अतिथि युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, मुख्य प्रायोजक ओम साई पाथिभरा हस्पिटलका अध्यक्ष दिपक पोखरेल, भद्रपुरका नगरप्रमुख गणेश पोखरेल, सार्क चेम्बर अफ कमर्शका उपाध्यक्ष चण्डीराज ढकाल, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, प्रमुख सल्लाहकार टिकाराज ढकाल, झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सी. एन. गौतम

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।