१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

प्रदेश स्तरीय महिला क्रिकेट छनौट प्रतियोगिता काँकरभिट्टामा

सेयर:

३१ भदौ, मेचीनगर ः प्रदेश स्तरीय महिला क्रिकेट छनौट प्रतियोगिता शुक्रबारबाट १ नम्बर प्रदेशको झापाको मेचीनगरमा शुरु भएको छ । प्रदेश खेलकुद विकास बोर्ड, नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गतको क्रिकेट छनौट प्रतियोगिता शुरु भएको हो ।

काँकरभिट्टा माध्यमिक विद्यालयको खेलमैदानमा मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बलिङ्ग र उपप्रमुख मीना पोखरेल उप्रेतीले व्याटिङ्गगर्दैँ प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । छनौट प्रतियोगितामा झापा र मोरङ्गगरी दुईवटा टिमले सहभागिता जनाएका थिए । उद्घाटनसत्रमा तारापुञ्ज अंग्रेजी माविका स्काउट दलसहित खेलाडीले मार्चपास प्रदर्शन गरेका थिए ।

असोज २८ देखि कात्तिक ४ गतेसम्म गण्डकी प्रदेशको पोखरामा सञ्चालन हुन गइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा सहभागी हुन् छनौट प्रतियोगिता गरिएको हो । यो प्रतियोगिताबाट छनौट भएका खेलाडीले १ नम्बर प्रदेशकोतफृबाट सहभागिता जनाउने छन् ।

खेलकुद विकास समिति झापाका अध्यक्ष प्रशान्त (भेषराज) भण्डारीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा खेलकुद विकास समिति झापाका पुर्वअध्यक्ष शंकर थापाले स्वागत गर्नुभएको थियो । कार्यक्रममा बोल्दैं मेचीनगर नगरप्रमुख बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले खेलाडीलाई अनुशासितरुपमा खेल प्रदर्शन गदैं नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा जीतको शुभकामना दिनुभयो । उहाँहरुले स्थानीय सरकार खेलकुदक्षेत्र र खेलाडीको उन्नति र प्रगतिमा सदैव लाग्ने विश्वास दिलाउनुभयो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दुर्गाबहादुर लुइटेल

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।