१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

प्रधानमन्त्री कपमा लुम्बिनी प्रदेशको सहज जीत

सेयर:

लुम्बिनीले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले हरायो

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले हराएकाे छ ।

मूलपानी क्रिकेट मैदानमा शनिबार भएकाे खेलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेकाे हाे । सुदूरपश्चिमले दिएको ६३ रनको सामान्य लक्ष्य लुम्बिनीले १४ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्‍याे ।

लुम्बिनीका लागि साैरभ खनालले १८, प्रकाश केसीले १७ र कप्तान कृष्ण कार्कीले १५ रहन बनाए । बलिङतर्फ सुदूरपश्चिमका शेर मल्लले २ र विनोद लामाले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएको सुदूरपश्चिमले २७ ओभर ४ बलमा अलआउट हुँदै ६२ रन बनाएको थियो । सदूरपश्चिमका लागि नारायण जोशीले १७ र कप्तान सन्तोष भट्टले ११ रन बनाए । अरू ब्याट्सम्यान चल्न सकेनन् ।

सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका कप्तान कृष्ण कार्कीले ४, अनिल खरेल र विक्रम भुसालले २-२ तथा सन्दीप सुनार र दीपेन्द्र रावतले समान १-१ विकेट लिए ।

जितसँगै समूह ‘बी’ मा रहेकाे लुम्बिनी ३ खेलबाट ४ अंकसहित अंकतालिकाकाे दोस्रो स्थानमा उक्लिएको छ । सुदूरपश्चिम भने अंक बिहीन हुँदै प्रतियाेगिताबाट बाहिरिएकाे छ ।

सुदूरपश्चिम प्रदेश काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । सुदूरपश्चिम पहिलाे खेलमा वाग्मती प्रदेश र दोस्रोमा नेपाल पुलिस क्लबसँग हारेको थियो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।